नेप्सेमा दोहोरो अङ्कको वृद्धि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन १५, २०७७
|
|
२९ पटक हेरिएको
Shares
नेप्सेमा दोहोरो अङ्कको वृद्धि

सारांश

  • धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ ।
  • नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.
  • ६१ बिन्दुले बढेर एक हजार ५७१.

धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार साताको अन्तिम दिन आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर रु दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भए ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड ७६ लाख ५६ हजार ३९ बराबरको कारोबार भयो । यस्तै शिखर इन्स्योरेन्स रु १३ करोड ४७ लाख १२ हजार ७२७, अरुण भ्याली हाइड्रो पावर रु १२ करोड ३० लाख ८१ हजार ६१२, नेपाल पुनःबीमा कम्पनी रु आठ करोड ४१ लाख ७३ हजार ७४७, नेको इन्स्योरेन्स रु सात करोड ७९ लाख ९१ हजार ८९२, कुमारी बैंक रु छ करोड ७५ लाख ८४ हजार ८४७ र कामना सेवा विकास बैंक रु छ करोड ७२ लाख ८० हजार ७४२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९.६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९.६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९.५८, दिव्यश्वरी हाइड्रोपावर ९.५२, बैंक अफ काठमाडौँ ९.३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाए । यस्तै माउण्टेन हाइड्रो ९.८०, पञ्चकन्या माई हाइड्रो ६.६७, हिमालयन ऊर्जा विकास कम्पनी ६.३७, युनिभर्सल पावर कम्पनी ५.९७, रैराङ हाइड्रोपावर ५.३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
४ लेनको बाटोमा घण्टौँ जाम, कारण – ट्राफिक प्रमुखदेखि भान्छेसम्मको सरुवा !
राष्ट्रघातविरुद्ध सडकमा ओर्लन एमालेको आग्रह…
राष्ट्रघातविरुद्ध सडकमा ओर्लन एमालेको आग्रह…
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
लैङ्गिक विभेद हटाउन महिला श्रमिक सङ्गठित, भन्छन्- ‘एउटै काम गर्दा किन पुरूष र महिलामा ज्याला अन्तर हुन्छ ?’
कृषकलाई हातेट्र्याक्टर वितरण
कृषकलाई हातेट्र्याक्टर वितरण
यार्तुङमा युवा सहभागिता घट्दै
यार्तुङमा युवा सहभागिता घट्दै
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने
बाबुराम र रविन्द्रले राष्ट्रियसभा निर्वाचनमा कांग्रेसलाई सघाउने
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो,  कल्याण गुरुङ/
एमालेको बृद्धभत्ता र सामुदायिक संगठनले कांग्रेसलाई हरायो, कल्याण गुरुङ/
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
नारायणीको जल सतह अझै सतर्कता तहमाथि
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
जहाज दुर्घटना : सेती नदीमा डा दम्पतीको सामूहिक दाहसंस्कार
खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल
खराब माैसमका कारण पहिलाे खेल रद्द, नेपालकाे खेल हुने नहुने अन्याेल

तपाईंले छुटाउनुभयो कि?