नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ९, २०७४
|
|
६२ पटक हेरिएको
Shares
नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी

सारांश

  • काठमाडौं : लामो समयदेखि समस्याग्रस्त नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी देखिएको छ ।
  • नेपाली क्रिकेटको विवाद समाधानका लागि गठित सल्लाहकार समूहका सदस्यहरूसँग शनिबार बसेको बैठकपछि आईसीसीले विज्ञप्तिमार्फत नेपाली क्रिकेटले छिट्टै निकास पाउने जनाएको हो ।
  • शनिबार राजधानीको सोल्टी होटेलमा बसेको बैठकमा आईसीसीको उपाध्यक्ष इमरान ख्वाजा र प्रतिनिधि अमर शेख सहभागी थिए ।

काठमाडौं : लामो समयदेखि समस्याग्रस्त नेपाली क्रिकेटले चाँडै नै निकास पाउनेमा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) आशावादी देखिएको छ । नेपाली क्रिकेटको विवाद समाधानका लागि गठित सल्लाहकार समूहका सदस्यहरूसँग शनिबार बसेको बैठकपछि आईसीसीले विज्ञप्तिमार्फत नेपाली क्रिकेटले छिट्टै निकास पाउने जनाएको हो । शनिबार राजधानीको सोल्टी होटेलमा बसेको बैठकमा आईसीसीको उपाध्यक्ष इमरान ख्वाजा र प्रतिनिधि अमर शेख सहभागी थिए ।

शनिबारको बैठकमा क्यानको बन्न लागेको नयाँ विधानमा प्रत्येक जिल्लाबाट एक÷एक सदस्यले सिधै केन्द्रीय सभामा सहभागिताको अवसर पाउने व्यवस्था गरिने सहमति बनेको थियो । साथै आईसीसीले चतुरबहादुर चन्द नेतृत्वमा रहेको क्यानको निर्वाचित समितिलाई एक महिनाभित्र साधारणसभा बोलाई पछिल्लो परिमार्जनसहितको विधान पारित गर्नका लागि निर्देशनसमेत दिएको छ ।

विज्ञप्तिमा आईसीसी उपाध्यक्ष ख्वाजाले पछिल्लो सहमतिअनुसार कामअघि बढे नेपाली क्रिकेटको समस्या चाँडै नै किनारा लाग्ने उल्लेख गरेका छन् । ‘बैठकमा हामीले व्यापक बहस गरेका छौं । समितिका सदस्यहरूको सहकार्य र देखाएको भावनाबाट म निक्कै खुसी भएको छु’, आईसीसी उपाध्यक्ष ख्वाजाले विज्ञप्तिमा भनेका छन्, ‘हामीले छलफल गरेअनुसार काम अघि बढेको अवस्थामा चाँडै नै नेपाली क्रिकेटको नयाँ अध्याय सुरु हुनेमा कुनै दुविधा छैन ।’

आईसीसीले विवाद चाँडै नै समाधान हुने उल्लेख गरे पनि क्यानको संक्रमणकालीन अवस्थाका सम्बन्धमा भने अझै सहमति बनेको छैन । सल्लाहकार समितिका केही सदस्यहरूले निर्वाचित समितिको साधारणसभाले विधान पास गरेपछि निर्वाचित समिति भंग हुनुपर्ने तर्क गरेका छन् । यद्यपि निर्वाचित समितिका प्रतिनिधिहरूले भने आफ्नो साधारणसभाले पारित गर्ने विधानअनुसार हुने निर्वाचनमा आफूहरूले यही हैसियतमा सहभागिता जनाउन पाउनुपर्ने तर्क गरेका छन् ।

‘हाम्रो अस्तित्व नै समाप्त हुने खालको विधान हामी कसरी पास गर्न सक्छौं । यदि त्यसरी विधान पारित भएसँगै निर्वाचित समिति भंग हुने हो भने त्यस्तो विधान कसले पारित गर्छ ? यसले थप समस्या निम्त्याउँछ’, निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेल भन्छन्, ‘त्यसैले हामीले पहिलेको अडानबाट पछि हटेर छुट्टै स्वतन्त्र निर्वाचन समिति बनाएर निर्वाचन गर्दा हुन्छ । तर, त्यस्तो निर्वाचनमा यो समितिले पनि सहभागिता जनाउन पाउनुपर्छ भनेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
सर्लाहीमा दुईवटा भारतीय मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
विनोद चौधरीको हत्या आरोप प्रवक्ता खड्गबहादुर विश्वकर्मा लाइ
विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा
विकास र रोजगारी पहिलो प्राथमिकता अर्थ राज्यमन्त्री राणा
कक्षा ११ को मौका परीक्षाको रिजल्ट आयो
कक्षा ११ को मौका परीक्षाको रिजल्ट आयो
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
सडक सुरक्षा र सवारी दुर्घटना अनुसन्धान तथा रेखाचित्रण अनुशिक्षण तालिम समापन
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
प्युठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
श्रीसान्तमाथि लागेको आजीवन प्रतिबन्ध हट्यो, छिट्टै क्रिकेट खेल्न पाउने
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज
दूरसञ्चार सेवाको अनुमति पाएका तीन कम्पनीको अनुमतिपत्र खारेज
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा
अनेमसङ्घको राष्ट्रिय सम्मेलन चैतमा