बोक्सी आरोपमा आमाको हत्या

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक १७, २०७७
|
|
२१ पटक हेरिएको
Shares
बोक्सी आरोपमा आमाको हत्या

सारांश

  • सिरहा, कार्तिक १७ ।
  • ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्।
  • कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए।

सिरहा, कार्तिक १७ । ८५ वर्षीया सुदामादेवी साह छिमेकीको घरमा गफिँदै थिइन्। कान्छो छोरो रामअवतारले बुहारी मनीषाको खुट्टाको घाउ झारफुक गर्न बोलाए। सुदामादेवीले आफूलाई बोक्सी आरोप लगाउने छोराको घरमा नजाने तर आफ्नो घरमा आए झारफुक गरिदिने अड्डी कसिन्।

‘तिमीले बोक्सी लगाएको हो, त्यही भएर बुहारी बिरामी परेको छ, तिमीले छुटाउनुपर्छ भन्दै थिए रामअवतार’, एक स्थानीयले भने, ‘आफ्नो घरमा बुहारी ल्याउनु अनि झारफुक गर्छु भन्दै सुदामादेवीले जवाफ दिइन्।’ त्यससँगै रिसाएका रामअवतारले घाँटी थिचेर कुटपिट गर्दा ती वृद्धा गम्भीर घाइते भइन्। यो घटना यही कात्तिक ११ गते कर्जन्हा नगरपालिका ३ खैराहा टोलमा भएको थियो।

स्थानीयले घाइतेलाई नजिकै अस्पताल पु¥याए। थप उपचारका लागि जनकपुरस्थित जानकी मेडिकलमा लगे। तर, उपचार खर्च अभावका कारण घाइतेलाई फर्काएर जिल्ला अस्पताल सिरहामा ल्याइयो। उपचारकै क्रममा शनिबार सुदामादेवीको मृत्यु भएको छ। जेठो छोरो रामबहादुरले आइतबार आमाको दाहसंस्कार गरेका छन्।

जिल्ला प्रहरी प्रवक्ता शालिग्राम शर्मा पौडेलले अभियुक्त रामअवतारलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताए। रामअवतारविरुद्ध कर्तव्य ज्यान र बोक्सीको आरोपसम्बन्धी मुद्दा चलाइएको छ।

विगतमा सुदामालाई कान्छो छोरोले मलमूत्र खुवाउने प्रयास गरेको, पटक–पटक कुटपिट गरेको स्थानीयको भनाइ रहेको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम
पहिरोले लार्चाको पुल बगायो, भोटेकोशी थुनिने जोखिम
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा, जनजिवन अस्तव्यस्त
सिड्नीमा ३० वर्ष यताकै ठूलो वर्षा, जनजिवन अस्तव्यस्त
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको माओवादी मन्त्री हटाउन दबाब
राणा कालीन सतपात्र !
राणा कालीन सतपात्र !
प्रचण्ड पुगे देउवा निवास, आज तीन दलको निर्णायक वार्ता
प्रचण्ड पुगे देउवा निवास, आज तीन दलको निर्णायक वार्ता
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
३३ किलो सुनकाण्डमा ३ सय अनुसन्धानको दायरामा, केही राजनीतिक दलका नेताहरु पनि
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
म युवालाईं पैसा कमाउन सिकाउँछु, चुनाव जित्न पैसा बाँड्दिन : मेयरका स्वतन्त्र उम्मेदवार कृष्णहरि बुढाथोकी
मोटरसाईकल चोरीमा संलग्न दुई पक्राउ
मोटरसाईकल चोरीमा संलग्न दुई पक्राउ
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
दक्षिण कोरियामा इ-सेभेन भिषामार्फत नेपाली कामदार पठाउने सरकारको तयारी
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते
कैलाली र कञ्चनपुरमा भीषण हावाहुरी एकको मृत्यु, ७६ जना घाइते

तपाईंले छुटाउनुभयो कि?