चाडपर्वमा बजार अनुगमन बढाइयो

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २६, २०७७
|
|
२८ पटक हेरिएको
Shares
चाडपर्वमा बजार अनुगमन बढाइयो

सारांश

  • तिहार पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।
  • काभ्रेपलाञ्चोकस्थित बजार अनुगमन टोलीले चाडपर्व लक्षित विशेष बजार अनुगमन शुरु गरेको हो ।
  • टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल, मिठाईलगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् ।

तिहार पर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ ।

काभ्रेपलाञ्चोकस्थित बजार अनुगमन टोलीले चाडपर्व लक्षित विशेष बजार अनुगमन शुरु गरेको हो । टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासू, तरकारी, फलफूल, मिठाईलगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्ने छन् ।

चाडपर्वको समयमा व्यापारीहरुले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिने गरेकाले तिहार निजिकिएसँगै बजार अनुगमनलाई सक्रिय रुपमा अगाडि बढाएको हो । काभ्रेपलाञ्चोकको मुख्य बजार बनेपास्थित चारदोबाटो आसपासमा रहेका मिठाई तथा होटलहरुको सोमवार अनुगमन गर्दै टोलीले स्वास्थ्य मापदण्डको पालना गर्दै आवश्यक स्वास्थ्य सामग्रीको प्रयोग गरेर मात्रै पसल तथा होटल सञ्चालन गर्न निर्देशन दिएको छ ।

टोलीले अनुगमनका क्रममा मिठाई बनाउने ठाउँ फोहोर रहेको, बनाउँदा मजदूरले मास्क र फेस शिल्ड प्रयोग नगरेको, सफा ठाउँ र भाँडामा पकाउने नगरेको तथा राख्ने ठाउँ समेत सफा नभएको पाइएकाले त्यस्ता पसल तथा होटल सञ्चालकलाई तत्काल सुधार गर्न निर्देशन दिएको घरेलु तथा साना उद्योग काभ्रेपलाञ्चोकका प्रमुख केशवप्रसाद पुडासैनीले जानकारी दिए । उनका अनुसार अनुगमनका क्रममा प्रायजसो मिठाई पसल तथा क्याफेहरुको किचेन कोठा सफा नभएको पाइएको छ ।
“अनुगमन गरेको पसलहरु सबैजसोका बाहिर सेवाग्राही बस्ने ठाउँ ठीक रहेपनि भित्र पकाउने ठाउँमा धेरै सुधार गर्नुपर्ने देखिएको छ”, उनले भने, “त्यसका लागि सञ्चालकको ध्यानाकर्षण गराएका छौं ।” सो क्रममा उद्योग ब्यवसाय सञ्चालन गर्नेहरुले घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गरेर सञ्चालन गर्नुपर्ने भएकाले सम्पूर्ण दर्ता, नबीकरणको कामलाई समेत ध्यान दिन सुझाव दिएका छन् ।

टोलीले बनेपा चारदोबाटो आसपासका कामधेनु स्वीट्स, काभ्रे स्वीट्स एण्ड चाट प्यालेस, दाहाल भिठाई भण्डार, बनेपा फास्ट फुड क्याफेलगायत आधा दर्जन होटलको अनुगमन गरेका छन् ।-रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजदरबार हत्याकाण्डको आज २२ वर्ष पूरा
राजदरबार हत्याकाण्डको आज २२ वर्ष पूरा
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
पर्सामा अनुचित लेनदेनसम्बन्धी चार सय ५९ उजुरी फछ्र्यौट
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
श्रीलंकाबाट देउवाले मात्र होइन, ओलीले पनि सिक्नुपर्छ : जितेन्द्र नारायण देव
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
देउवालाई बधाई दिँदै राजपा नेताले भने- बाचा पूरा गर्नुस्, अनिमात्र चुनावमा आउँछौं
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
रवि पक्राउ परेको भोलिपल्ट एसपी मल्लको नाममा नक्कली फेसबुक
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
जनताले हिउमा लुगलुग काम्दै मतदान गरे , यसको गुण कसरी तिर्छ नेताले, कान्तिपुर
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
सुनको मूल्य एकैदिन ६ हजार २०० ले घट्यो, प्रतितोला रु ९५ हजार ४००
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
रास्वपाले ३६ वटा विभाग गठन गर्दै प्रमुख तोक्यो, कसलाई कुन ? (सूचीसहित)
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
शाही उपाधि छोड्ने घोषणापछि ह्यारीको पहिलो सार्वजनिक मन्तव्य
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली
महिला हिंसाका अपराधी जोसुकैलाई पनि नछाड्ने : प्रधानमन्त्री ओली

तपाईंले छुटाउनुभयो कि?