कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १०, २०७४
|
|
४३ पटक हेरिएको
Shares
कोरियन भाषा परीक्षाको नतिजा भोली आउने, नतिजा यसरी हेर्न सकिन्छ….

सारांश

  • आठौं कोरियन भाषा परीक्षाको नतिजा भोलि (बुधबार) सार्वजनिक हुने भएको छ।
  • गत जेठ २७ र २८ गते भएको इपिएस परिक्षाको नतिजा भोली सार्वजनिक हुन लागेको हो ।
  • यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष थिए।

आठौं कोरियन भाषा परीक्षाको नतिजा भोलि (बुधबार) सार्वजनिक हुने भएको छ।

गत जेठ २७ र २८ गते भएको इपिएस परिक्षाको नतिजा भोली सार्वजनिक हुन लागेको हो । यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष थिए। यी मध्ये ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए। परिक्षामा सम्मिलीत मध्ये १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाउने छन्।

जसमा ४ हजार उत्पादन र ६ हजार २ सय कृषि क्षेत्रमा जाने इपिएस कोरीया शाखाका शाखा अधिकृत सोभाकर भण्डारीले जानकारी दिए।विगतका वर्षहरूमा भाषा परीक्षा पास भएकाहरूले स्किल टेष्ट दिनु पर्थ्यो।

स्किल टेष्टमा ब्यक्तिको बारेमा तयार पारिएको छोटो भिडियो कोरियाको रोजगार केन्द्रमा जान्थ्यो र रोजगारदाताले उक्त भिडियो हेरेर कामदारको छनोट गर्थ्यो। तर यसपाली स्किल टेष्टको नियम हटेको शाखा अधिकृत भण्डारीले जानकारी दिए।

गत वर्ष जम्मा ३ हजार ४ सय ६४ जना छनोट भएकोमा यस वर्ष कोरियाले कामदार संख्या बढाएर १० हजार २ सय जना लैजान लागेको छ। पास हुने परीक्षार्थीलाई २०१७ को अन्त्यबाट कोरिया लैजाने काम सुरु हुने बताइएको छ। परीक्षाको समयमा कोरियाबाट ५५ जना परीक्षा सञ्चालक टोलीसमेत नेपाल आएको थियो।

कसरी हेर्ने नतिजा ?

नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट  https://www.eps.go.kr/  मा मा हेर्न सक्नुहुनेछ।
टिभी अन्नपूर्ण बाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिरामा पुरिएर चालकको मृत्यु
पहिरामा पुरिएर चालकको मृत्यु
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
सुन तस्करी प्रकरणमा संलग्नता देखिएपछि भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
यूएईमा सन्दीपको गुग्लिको कमाल, म्यान अफ द म्याच सन्दीपले जिताए खेल
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
कास्कीबाट निर्वाचन क्षेत्र निर्धारण आयोगलाई सुझाव
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
प्रस्तावित प्रधानन्यायाधीश राणाको सुनुवाई भोलि
कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति
कक्षा ६ देखि अध्ययन गरेमात्र उच्च शिक्षा छात्रवृत्ति
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
सीडीओ सरुवामा नयाँ प्रावधान, अब पहुँच र भनसुनलाई ‘बाईबाई’
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
पप्पु कन्स्ट्रक्सनका निलम्बित सांसद रौनियारले ३ करोड ५० लाख बुझाए
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
सांसदका श्रीमती र छोराले पाएको उपहार पनि सार्वजनिक गर्नुपर्ने
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु
भारतीय सहयोगमा कञ्चनपुरमा महेश्वर माविको नयाँ भवन निर्माण सुरु