प्रधानमन्त्रीज्यूको आदेशै कडा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ११, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्रीज्यूको आदेशै कडा

सारांश

  • काठमाडौं ।
  •  ठूला मान्छे साना–साना कुरामा अल्झिँदा अनेकन रमिता देखिँदोरहेछ ।
  • मुख्यसचिवको पद त्यगी एडिबीको जागिरमा जानभन्दा ठ्याक्कै एकमहिना अघि सोमलाल सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेलाई परिचयपत्र व्यवस्थापन अध्ययन भ्रमण टोलीको नेतृत्व गर्दै वदेश जाने आदेश स्वीकृतिका लागि टिप्पणी पेश गरेका थिए जेठ २८ मा ।

काठमाडौं । ठूला मान्छे साना–साना कुरामा अल्झिँदा अनेकन रमिता देखिँदोरहेछ । मुख्यसचिवको पद त्यगी एडिबीको जागिरमा जानभन्दा ठ्याक्कै एकमहिना अघि सोमलाल सुवेदीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव चन्द्रकुमार घिमिरेलाई परिचयपत्र व्यवस्थापन अध्ययन भ्रमण टोलीको नेतृत्व गर्दै वदेश जाने आदेश स्वीकृतिका लागि टिप्पणी पेश गरेका थिए जेठ २८ मा ।

जनआस्था साप्ताहिकमा खबर छ– भ्रमण स्वीकृत गरिनुपर्ने कर्मचारी कुन देश जान लागेको हो ? त्यहाँ जान प्रयोजन खुल्ने कागजात के–के हुन् ? पठाउनुपर्ने कारण के हो ? आउने, जाने खर्च कसले व्यहोर्ने कुरै उल्लेख नगरी भ्रमण आदेश पेश गरिएको छ ।

सुझबुझ भएको प्रधानमन्त्रीका लागि यस्ता टिप्पणी सोझै डस्टबिनमा फाल्नमात्रै काम लाग्छ । तर, प्रधानमन्त्री पनि उस्तै परे । सचिवको टोलीमा जाने कर्मचारीभित्र आफ्नो सचिवालयमा तानिएका कम्प्युटर अधिकृत यामप्रसाद तिवारीलाई पनि समावेश गर्ने गरी आदेश सदर गरेका छन् ।

न टिप्पणी उठाउनेका कुरा गतिलो, न आदेश सदर दिनेको नियतै प्रष्ट । प्रधानमन्त्री बहालीलगत्तै कर्मचारीलाई अनावश्यक रुपमा विदेश नजान निर्देशन दिएका देउवाले मुख्यसचिवले टिप्पणी पेश गरेकै दिन आफ्नो सचिवालयको कर्मचारीलाई पनि टोलीमा हल्ने शर्तसहित उसै दिन आदेश सदर गरेर रमिता चलाएका हुन् ।

‘मेरो शाखा अधिकृत हाल्ने भए तेरो सचिव पनि लैजा’ भन्ने शैलीको छ, उक्त टिप्पणी–आदेश । प्रधानमन्त्री देउवाले अधिकृत तिवारीलाई आफ्नो मन्त्रिपरिषद् सचिवालयको खरिद इकाईमा राखेका छन् । यो भनेको प्रधानमन्त्रीको भण्डारजस्तो हो, जहाँबाट निवास र कार्यालयका सबै सामानको खरिद व्यवस्थापन हुने गर्दछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संसदको अपमान -गठबन्धन
नागरिकता विधेयक प्रमाणीकरण नगर्नू संसदको अपमान -गठबन्धन
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
कांग्रेस बैठकमा रामचन्द्रको प्रश्नै–प्रश्न, सोधे – केका लागि सरकार ??
गभर्नर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी।
गभर्नर अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी।
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
पक्राउ परे आन्तरिक राजश्व विभागका महानिर्देशक शर्मा
सरकारका कामकारवाही प्रति प्रचण्ड असन्तुष्ट !
सरकारका कामकारवाही प्रति प्रचण्ड असन्तुष्ट !
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
नेपाल–भारत सीमा विवादबारे दुवैपक्ष बसेर छलफल गर्नुपर्छ : प्रधानमन्त्री
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
नेप्से परिसूचकमा २१ अङ्कको गिरावट
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
प्रधानमन्त्रीको अभिव्यक्ति अहंकार र उन्मादले ग्रस्त– वरिष्ठ नेता पौडेल
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
नेपालकाे लगातार दाेस्राे हार, भारत ८ विकेटले विजयी !
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी

तपाईंले छुटाउनुभयो कि?