मोदीपथमा ओलीः पशुपतिनाथमा के संकल्प ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १३, २०७७
|
|
४३ पटक हेरिएको
Shares
मोदीपथमा ओलीः पशुपतिनाथमा के संकल्प ?

सारांश

  • भारतका प्रधानमन्त्री नरेन्द्र मोदी योगी जस्तै देखिन्छन् ।
  • लामो कपाल र दाह्री धर्म संस्कृतिलाई बढी महत्व दिएर गर्ने भाषण मोदीको पहिचान हो ।
  • हिन्दुवादी पहिचान बोकेका मोदी भारतमा लोकप्रीय हुनुमा उनको राष्ट्रवादी पहिचान पनि कारण हो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी योगी जस्तै देखिन्छन् । लामो कपाल र दाह्री धर्म संस्कृतिलाई बढी महत्व दिएर गर्ने भाषण मोदीको पहिचान हो । हिन्दुवादी पहिचान बोकेका मोदी भारतमा लोकप्रीय हुनुमा उनको राष्ट्रवादी पहिचान पनि कारण हो ।

मोदीले सन् २०१४ मा राष्ट्रवादको मुद्दालाई टेकेर भारतीय जनता पार्टीलाई शानदार जित दिलाए । दोस्रोपटक सन् २०१९ मा बहुमतका साथ चुनाव जित्दा धर्मको मुद्दालाई उठाएका थिए । विशेषगरी अयोध्यामा राम मन्दिर निर्माण मोदीको मुद्दा थियो । उनले पशुपतिनाथ र मुक्तिनाथको महत्वपूर्ण पूजा समेत गरे । यसबाट उनले हिन्दु समुदायबाट समर्थन बढाउन सके ।

जसरी मोदीले भारतमा पहिलो राष्ट्रवाद र पछि धर्मको मुद्दा उठाएर शक्तिशाली प्रधानमन्त्री बन्न सके त्यसरी नै नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रवादको मुद्दा उठाएर शुरुमा प्रभाव बनाए । नाकाबन्दीको बखत उनले बलियो गरी अडान कसे । सीमाको विषयमा पनि उनी डगमग भएनन् । कालापानी क्षेत्रसहितको चुच्चो नक्शा जारी गर्न सके । ओलीको यो हिम्मतले उनलाई झन् शक्तिशाली बनायो ।

अब ओलीले मोदीकै शैलीमा धर्मको मुद्दा उठाउने सुरसार कसेका छन् । उनले माघको सोमबार पारेर पशुपतिमा संकल्प पूजा गरेर सन्देश दिन खोजेका छन् । अब ओलीले धर्मको मुद्दा उठाउने संकेत पनि गरेका छन् ।

ओलीका पछिल्लो अभिव्यक्तिहरुमा अध्यात्मिक विषयहरुले बढी स्थान पाउने गरेको छ । उनी ऋषिमुनी र योगीहरुका कुरा बढी गर्छन् । पूर्वीय दर्शनको व्याख्या गर्छन् ओली । यही शैलीको भाषण मोदीले गर्दै आएका छन् । उनी नेपालको संसदमा आएर भाषण गर्दा पनि ऋषिमुनी र पूर्वीय दर्शनको कुरा गरेर गएका थिए ।
पछिल्लो समय ओलीले कम्युनिस्ट दर्शनलाई आफ्नो भाषणमा उल्लेख गर्न छाडिसकेका छन् । न उसले माक्र्सको कुरा गर्छन् न त लेनिनको । उनी नास्तिकबाट आस्तिक भएको देखाउँदैछन् ।

देशभित्र धर्मको मुद्दामा जनलहर नै आउने अवस्था बनिरहँदा ओलीले त्यसैलाई पक्रन खोजेको देखिदैछ । केही समय अघि हिन्दु राष्ट्रको पक्षमा स्वतः स्फूर्त होस् या योजनावद्ध तरिकाले हजारौ लाखौं मानिसहरु सडकमा ओर्लिएका थिए । नागरिकको सेन्टिमेन्ट बुझेका ओलीले त्यसकारण पनि धर्मको अस्त्र फाल्न खोजेको देखिदैछ । उनी यही अस्त्रबाट विरोधीहरुलाई पराजित गर्न लागिपरेको देखिदैछन् ।

प्रतिनिधि सभा विघटनपछि शक्तिशाली नेताहरु देखि नागरिक अगुवाको ठुलो पंक्ति ओलीको विपक्षमा देखिएको छ । आफूविरुद्धको लहरलाई उल्टाउन पनि उनी धर्मको मुद्दामा केन्द्रित हुँदै गएका छन् । यो विषय उठाइहाल्न उनलाई सजिलो भने छ्रैन । राष्ट्रिय अन्तर्राष्ट्रिय दबाब पनि बढ्न सक्छ । तर, ओली शसक्त रुपमा यो मुद्दालाई लिएर धर्मनीरपेक्षताविरोधी ठुलो संख्याको समर्थन पाउन लागिपरेका छन् । उनले रणनीतिक रुपमा पनि यसलाई उठाउने तयारी गरेको देखिदैछ ।

ओलीले आध्यात्मिक विषयहरुको व्याख्या गर्ने देखि पछिल्लो समय संविधान नै संकटमा पार्ने गरी कदम चालेपछि प्रचण्डले आशंका व्यक्त गरिसकेका छन् । उनले ओलीमाथि धर्मनीरपेक्षतालाई समाप्त पार्न खोजेको टिप्पणी गरिसकेका छन् । ओलीको कदमले यो टिप्पणीलाई बल पुगेको छ । उनी धर्मनीरपेक्षताको विकल्प खोज्ने गरी धर्मको मुद्दा उठाएर अघि बढेमा आश्चर्य नमाने हुने भइसकेको छ । केपी ओली तिनै हुन् जो कुनैबेला आफूलाई नास्तिक भन्थे । अहिले उनी आस्तिक देखिएका छन् । पशुपतिनाथको संकल्प पूजा गरेर ओलीले भविष्यमा अझ कठोर कदम चाल्ने गरी बढ्ने सन्देश समेत दिएका छन् । ओलीले पशुपतिनाथमा महत्वपूर्ण संकल्प गरेका छन् । त्यो संकल्प अब कुनै ऐतिहासिक कदम चाल्ने हुनसक्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
बजेटप्रति राजेन्द्र महतोको टिप्पणी : संघीयता असफल पार्ने खेल
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
अस्पताल परिसरमा आफन्तको रुवाबासी, अन्य स्तब्ध (फाेटाे फिचर)
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
नेसनल पेमेन्ट गेटवे खरिदमा २३ करोड २७ लाख भ्रष्टाचार
नेपाली शान्ति सेनामाथि बलात्कार आरोप
नेपाली शान्ति सेनामाथि बलात्कार आरोप
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
प्रधानन्यायाधीशमा अस्वीकृत जोशीलाई विप्लव नेताको मुद्दा
सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ
सिधा कुरा जनता सङ्गका प्रस्तोता रबि लामिछाने पक्राउ
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
डोल्पा असार मसान्तसम्म विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिने
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
दुवै चरणको मतदान सकिएपछि मात्र मतगणनाः निर्वाचन आयोग
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
निजी विद्यालयको शुल्कवृद्धि फिर्ता हुँदैन् : प्यावसन अध्यक्ष
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द
यात्रुको मृत्यु भएपछि काभ्रेमा तनाव,अरनिको राजमार्गबन्द