को बन्ला जसपा संसदीय दलको नेता ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २८, २०७७
|
|
२५ पटक हेरिएको
Shares
को बन्ला जसपा संसदीय दलको नेता ?

सारांश

  • जनता समाजवादी पार्टीलाई सत्ताको मौका आउने छाँटकाँट देखिदैछ ।
  • जसपाभन्दा बढी सिट भएका तीन राजनीतिक दलबीच सरकारको नेतृत्वका लागि खिचातानी परेपछि जसपालाई मोका आउने छाँट देखिएको हो ।
  • नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता समिकरणको सम्भावना न्यून छ ।

जनता समाजवादी पार्टीलाई सत्ताको मौका आउने छाँटकाँट देखिदैछ । जसपाभन्दा बढी सिट भएका तीन राजनीतिक दलबीच सरकारको नेतृत्वका लागि खिचातानी परेपछि जसपालाई मोका आउने छाँट देखिएको हो ।

नेकपा एमाले र माओवादी केन्द्रबीच सत्ता समिकरणको सम्भावना न्यून छ । यद्यपि माओवादीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिइआएको समर्थन फिर्ता लिएको छैन । यो प्रचण्डको रणनीतिक चार्तुयता हो ।

काँग्रेस र एमालेबीच सत्ता समिकरणको सम्भावना पनि कमजोर छ । माओवादी केन्द्रले देउवालाई समर्थन गरेपनि जसपाको ध्यान आफै सरकारको नेतृत्व गर्नेतर्फ छ ।

जसपाभित्र सरकारको नेतृत्वका लागि संसदीय दलको नेता बन्ने दौड चलेको छ । त्यसमा महन्थ ठाकुर र डा. बाबुराम भट्टराईबीच कडा प्रतिष्पर्धा हुने देखिन्छ । ठाकुर सरकारमा जाने र नेतृत्व गरेरै बढ्ने रणनीतिमा छन् । बाबुराम पनि नेतृत्व गर्न पाए मात्र अघि बढ्छन् ।
यद्यपि, बाबुरामले सत्ताको मुसा दौडमा जसपा नभएको बताएका छन् । तर, कुनैपनि बेला जसपाले सत्ता समिकरण गर्ने सम्भावना छ ।

सरकारको नेतृत्व पाए ठाकुर या भट्टराईमध्ये एकको सम्भावना छ । जसपा संसदीय दलमा ठाकुर पक्ष बलियो छ । तर, रणनीतिक चार्तुयताले भट्टराईले बाजी मार्ने सम्भावना बलियो देखिदैछ ।

यसैगरी, ओली, देउवा र प्रचण्डको तानातानमा परेको जसपाभित्रै संकट बढ्दैछ । सत्ताको दौडमा जसपा फुटको संघारमा पुगेको छ । यसलाई जोगाएर जाने हो भने जसपा सरकारको नेतृत्वमा पुग्न सक्छ र

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?