दाँतले बाेका काट्ने याे परम्परा

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २४, २०७५
|
|
२१ पटक हेरिएको
Shares
दाँतले बाेका काट्ने याे परम्परा

सारांश

  • डोटी, २४  मंसिर।
  •   सुन्दा अचम्म लाग्न सक्छ ।
  • डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ ।

डोटी, २४  मंसिर।  सुन्दा अचम्म लाग्न सक्छ । डोटीको एक गाउँपालिकामा एक व्यक्तिले बाघले जस्तै गरेर ६४ वटासम्म बोका दाँतले टोक्ने परम्परा विद्यमान छ । त्यसलाई स्थानीयले दैवीशक्ति र परम्पराका रूपमा लिने गरेका छन् । प्रत्येक तीन/तीन वर्षमा यसरी बोकाको बलि चढाए गाउँमा जङ्गली जनावर, भूतप्रेत, बाढीपहिरोले दुःख नदिने र मनोकामना पूरा हुने जनविश्वास छ ।

डोटीको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–६ सिगरीचौकामा जिउँदा ६४ वटासम्म बोका हरेक तीन÷तीन वर्षमा दाँतले टोकेर मार्ने परम्परा छ । आङमा देउता चढेको भन्दै एकजना झाँक्रीले ६४ वटासम्म जिउँदा बोका दाँतले टोकेर मार्ने परम्परा अहिलेसम्म कायमै रहेको छ । यसरी बोका काट्ने झाँक्रीलाई ‘डुणाबाघ’ नाम दिइन्छ । झाँक्रीले बलि चढाएको बोका आफ्नो दाँतले टोक्दै दुई टुक्रा बनाउने गर्छन् यसलाई त्यहाँका स्थानीयले दैवीशक्तिका रूपमा मान्ने गरेको स्थानीय दीपक खड्काले बताए ।

बाघकै शैलीमा दाँतले बोका टोक्दा पहिलो बोका स्वयं देउता काँप्ने व्यक्तिले ल्याउँछन् । अन्य बोका गाउँका अन्य स्थानीय तथा भाकल गर्ने व्यक्तिले चढाउने प्रचलन छ । काँपेर बोका टोक्ने झाँक्रीलाई डुणाबाघ देउताका रूपमा लिने गरेको अर्का स्थानीय श्याम रोकायाले बताए । उनले भने, ‘यसरी देउतालाई बोका बलि चढाए गाउँ वरपर जङ्गली जनावरको डर नहुने र मनोकामना पूरा हुने जनविश्वास भएकाले हामीले यो चलन जोगाइरहेका छौँ ।’ अनौठो मानिने दैवीशक्ति दर्शनका लागि भारतका विभिन्न ठाउँ तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट हजारौँको सङ्ख्यामा पुग्ने गरेका छन् ।

स्थानीय जनप्रतिनिधि यो परम्परालाई सुदूरपश्चिम कै गौरवपूर्ण धार्मिक परम्परा ठान्छन् । मुलुकमा अन्यत्र कतै नभएको यो परम्परा डोटीमा भने परापुर्वकाल देखि चल्दै आएको स्थानीय बूढापाकाहरू बताउँछन् । पहिले पहिले डोटीको गिरीचौकाबाट दाँतले बोका टोक्दै छिमेकी जिल्ला बझाङको पीपलकोट, मयलकोश र थलारासम्म पुग्ने चलन थियो । तर अहिले यो परम्परा डोटीको गिरीचौकामा मात्रै सीमित छ । यसरी दाँतले बोका टोकेर छिनाल्दा आफूलाई दैवीशक्ति महसुस हुने र आफु मात्रै शक्तिशाली भएको महसुस हुने १८ वर्षको उमेरदेखि दाँतले बोका टोक्दै आएका झाँक्री करनबहादुर थापाले बताए । ‘दाँतले बोका टोक्ने समयमा मलाई केही थाहा हुन्न तर शक्तिशाली भएको र बल आएको मात्रै अनुभव हुन्छ,’ उनले भने ।

परापूर्व कालमा गोठबाट बाघले खसीबोका खाइदिने, गोठालालाई समेत आक्रमण गर्ने जस्ता आतङ्क मच्चाएपछि स्थानीयले आफूले पुज्ने गरेको तेडी देवता र धणी देवतासँग जङ्गली जनावरबाट बचाउन हारगुहार मागेको स्थानीय सामाजिक अगुवाहरू बताउँछन् । त्यही समयदेखि तेडी देवता र धणी देवताको पूजा गर्ने क्रममा जङ्गली जवावरको आतङ्क रोक्न बचाइदिन तीन वर्षमा एकपटक डुणाबाघ देवतालाई ६४ बोका बली चढाउने परम्परा चलेको स्थानीयहरूको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
सामान्य सुब्बाबाट जागिर सुरु गरेका कार्की कसरी भए अर्बौ रुपैयाँले मालामाल ?
प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण
प्रहरी सहायक निरीक्षकको हत्याका आरोपीले गरे आत्मसमर्पण
काठमाडौंमा एकैदिन १२७ जना कोरोना संक्रमित थपिए
काठमाडौंमा एकैदिन १२७ जना कोरोना संक्रमित थपिए
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि
उपेन्द्र यादवले देउवालाइ फोन गरेर एमालेलाइ जिताएर देखाइदिने बताएपछि
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
माइनस पाँच डिग्री तापक्रममा मतपेटिका कुर्दै दलका कार्यकर्ता
साफ महिला च्याम्पियनसीप: नेपाल समूह ‘ए’मा
साफ महिला च्याम्पियनसीप: नेपाल समूह ‘ए’मा
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
यी सांसद जो लगातार १० देखि ३१ पटक संसद् बैठकमा उपस्थित भएनन् ! आज मध्यरातबाट संसद् स्वतः विघटन हुँदै
नेकपा सचिवालयमा यसरी बन्दैछ ३–३ नेताका गुट
नेकपा सचिवालयमा यसरी बन्दैछ ३–३ नेताका गुट
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली
सरकारले सही बाटो, नीति लिएको छ : प्रम ओली

तपाईंले छुटाउनुभयो कि?