माता पाथीभरा
सारांश
- Alisha Adhikari RnR Groups LLC पुर्बी नेपालको पहाडी इलाका समुन्द्री सतहबाट 3794 मिटरको उचाईमा अवस्थित माता पाथीभराको चर्चा नसुन्ने कमै मात्र भेटिन्छन ।
- पाथीभरा देवी मन्दिर अर्थात मुक्कुम्लुङ्ग हिन्दू धर्मावलम्बीको एउटा विशेष देव भुमि जहाँ हजारौं तिर्थयात्रीहरु आउने गर्छन।
- सेताम्मे हिउँले ढाकेको माताको मन्दिर बाटो घाटोहरु यहाँ आउने धर्मावलम्बीको मनमा उर्जा दिने थप कुराहरु हुन ।
Alisha Adhikari
RnR Groups LLC
पुर्बी नेपालको पहाडी इलाका समुन्द्री सतहबाट 3794 मिटरको उचाईमा अवस्थित माता पाथीभराको चर्चा नसुन्ने कमै मात्र भेटिन्छन । पाथीभरा देवी मन्दिर अर्थात मुक्कुम्लुङ्ग हिन्दू धर्मावलम्बीको एउटा विशेष देव भुमि जहाँ हजारौं तिर्थयात्रीहरु आउने गर्छन। सेताम्मे हिउँले ढाकेको माताको मन्दिर बाटो घाटोहरु यहाँ आउने धर्मावलम्बीको मनमा उर्जा दिने थप कुराहरु हुन । माता पाथीभराको सामुन्ने मागेको र टाढैबाट पनि भाकेको कुराहरु पुरा हुने भन्ने व्यापक जनबिस्वास रहेको छ। हेर्दा स्वयं माता साक्षात माताको दर्शन गरे झै हुने मन मस्तिष्कलाई शान्त बनाइ उर्जा दिने पाथीभरा माताको पुन्य भुमि पर्यटनको हिसाबमा उत्तिकै महत्वपूर्ण छ। बालबलिका देखी बृद्ध बृद्दा सम्मको हिउँ जमेकोबाटो हिड्ने र त्यहाँ पुग्ने मनसाय पक्कै कुनै दैविक शक्तिको भान हुन जान्छ। झापा देखी उकालो लाग्दै गर्दा हरियाली पाहडको आनन्दको मिठासमा नै मन भुल्न थाल्छ । माताको दर्शन अभिलाषालाई बोकेर हिडेका तिर्थयात्रीहरुमा कतै पनि थकाइ भन्ने सब्द भेटिन्न। यहाँको स्थानीयवासीको स्वागतले यहाँको सस्कृतीकोलाई दर्शाइ रहेको हुन्छ। बार्सिक करिब 350000 तिर्थयात्री पुग्ने गरेको पाइन्छ । त्यहाँको मन मोहक र गुराँसले सजिएको पहाड जो कोहिलाई पनि दोस्रो तेस्रो पटक जाउ जाउ लाग्ने बनाउछ।


प्रतिक्रिया