एमसीसी विरोधी एकजुट हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १९, २०७८
|
|
२३ पटक हेरिएको
Shares
एमसीसी विरोधी एकजुट हुँदै

सारांश

  • सदनबाट अमेरिकी सहयोगसम्बन्धी एमसीसी कार्यान्वयन चरणमा जाने भएपनि विरोधी समूह नयाँ रणनीतिका साथ अगाडि बढ्न थालेका छन् ।
  • उनीहरुले एमसीसी मात्र नभई अमेरिकाविरोधी गतिविधि नै चलाउन थालेका छन् ।
  • एमसीसीको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सदनबाट अमेरिकी सहयोगसम्बन्धी एमसीसी कार्यान्वयन चरणमा जाने भएपनि विरोधी समूह नयाँ रणनीतिका साथ अगाडि बढ्न थालेका छन् । उनीहरुले एमसीसी मात्र नभई अमेरिकाविरोधी गतिविधि नै चलाउन थालेका छन् ।

एमसीसीको विरोधमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव समूहले विरोधका विभिन्न कार्यक्रम गर्दै आएको छ । उसले दुईपटक बन्द समेत गरेको छ । विप्लवसहित पूर्वमाओवादीका मोहन वैद्य किरण, सीपी गजुरेललगायतको मोर्चा पनि एमसीसीको विरोधमा सक्रिय भएको छ ।

विप्लवले एमसीसी विरोधी समूहको मोर्चाबन्दी बनाउने प्रयास थालेका छन् । उनले माओवादीभित्रका एमसीसीविरोधी समूहका नेता नारायणकाजी श्रेष्ठलाई यसै हप्ता भेटेका छन् । भेटमा मोर्चा बनाएर मिलेर जानेबारे छलफल भएको बुझिएको छ ।

विप्लवले आजै नेकपा एमालेका नेता भीम रावलसँग भेटेका छन् । रावल एमसीसीको विरोधमा उत्रदै आएका छन् ।

एमसीसीविरोधी राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतसँग पनि विप्लवले कुराकानी बढाएको बुझिएको छ ।

एमसीसीविरोधीहरु मोर्चाबन्दी गर्न थालेपछि राष्ट्रिय राजनीति तरंगित हुन थालेको छ । सत्ता गठबन्धनमा पनि यसबारे छलफल चलेको छ ।

भविष्यमा अमेरिकी परियोजनालाई तारो बनाउने र अवरोध पुर्याउने खालका गतिविधि समेत गर्ने गरी एमसीसी विरोधी अगाडि बढ्न थालेका छन् । उनीहरु योजनावद्ध तरिकाले लागिसकेको बुझिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
काभ्रेको कुन्तामा फेला परेको सकेट बम सेनाद्धारा निष्कृय, मतदाता त्रसित
लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
लोकतन्त्र खतरामा छैन नेपाली काङ्ग्रेस खतरामा छ – नेता हृदयेश त्रिपाठी
गुठी विधेयकमा सत्ता पक्ष र प्रतिपक्षबीच चर्काचर्की
गुठी विधेयकमा सत्ता पक्ष र प्रतिपक्षबीच चर्काचर्की
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
सडकमा भौँतारिनेको कथाः काम गरेर बाँचेको जीवन सम्मानजनक
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
गण्डकी विकास बैंक लि .Best Managed Development Bank Award वाट सम्मानित
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
३३ किलाे सुन प्रकरण : चाचाजीलाई प्रहरीले पेस्तोल देखाए !
हारेका नेता बने कांग्रेसका पदाधिकारी, पौडेल समूह उत्रियो विरोधमा
हारेका नेता बने कांग्रेसका पदाधिकारी, पौडेल समूह उत्रियो विरोधमा
विधिको शासनको पक्षमा जनता स् नेता महत
विधिको शासनको पक्षमा जनता स् नेता महत
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
आश्विन शुक्ल चौथी तिथि वृद्धि : आज पनि कुष्माण्डा देवीको पूजा, आराधना गरिँदै
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव
अब नेपालमा कुनैपनि क्षेत्रमा सिण्डिकेट रहँदैन, जसले गर्छ त्यसलाई जेल हाल्छौं : मन्त्री यादव

तपाईंले छुटाउनुभयो कि?