महन्थ ठाकुर फकाउँदै देउवा, ३ मन्त्रालयमा चल्यो कुरा
सारांश
- प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् ।
- उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ ।
- देउवाले लोसपालाई सरकारमा ल्याउन पहलका लागि आफ्ना केही विश्वासपात्रहरुलाई खटाएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ ।
लोसपाले सरकारमा जान तीन मन्त्रालयको दाबी गरेको छ ।
\विश्वस्त स्रोतका अनुसार सरकारमा हाल रहेका केही राज्यमन्त्री हटाउने देखि गठबन्धनका दलहरुबाट पनि मन्त्री घटाएर बढ्ने कसरत भइरहेको छ । लोसपाले विकासे मन्त्रालयहरु मागेको बुझिएको छ ।
लोसपा सरकारमा गए शरदसिंह भण्डारी र अनिल झाको सम्भावना बलियो रहेको छ । अर्को एकमा अध्यक्ष महन्थ ठाकुरले चाहेको व्यक्ति बन्ने बुझिएको छ । यसकारण पनि लोसपाले तीन मन्त्रालय मागेको बुझिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया