आफ्नै दलको चिन्हमा चुनाव लड्न ५८ दलले बुझाए विवरण

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र ७, २०७८
|
|
२२ पटक हेरिएको
Shares
आफ्नै दलको चिन्हमा चुनाव लड्न ५८ दलले बुझाए विवरण

सारांश

  • स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् ।
  • राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।
  • अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

स्थानीय तहको चुनावमा आफ्नै दलको चुनाव चिह्न लिनका लागि ५८ वटा साना दलले विवरण पेस गरेका छन् ।

राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ वटा दललाई आफ्नै चिह्नबाट चुनाव लड्नका लागि आयोगले यही चैत ६ गतेसम्म जिल्लाको सक्रिय सङ्गठन र जिल्ला समितिको विवरण पेस गर्न समय दिएको थियो ।

अहिलेसम्म ५८ वटा दलको विवरण प्राप्त भएको र केहीको विवरण जिल्ला निर्वाचन कार्यालयले पठाउने क्रममा रहेका आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।

प्राप्त भएको विवरण अध्ययन गर्ने र जुन–जुन जिल्लामा सङ्गठन र समिति छ, ती जिल्लामा मात्रै दलका उम्मेदवारले चुनावमा आफ्नै दलको चुनाव चिह्न पाउनेछन् ।

यसैबीच निर्वाचन आयोगले निःशुल्क टोल फ्री नम्बर सञ्चालनमा ल्याउने भएको छ । यही चैत १५ गतेदेखि चल्ने गरी आयोगले ११०२ नम्बरको टोल फ्री नम्बर सञ्चालनमा ल्याउन लागेको हो । टोल फ्री नम्बरमा मतदाता, राजनीतिक दल, उम्मेदवार लगायतले स्थानीय तहको चुनावसम्बन्धी जिज्ञासा, गुनासो र प्रश्न राख्न सक्नेछन् ।

यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि आयोगले तीव्र गतिमा तयारी गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
साउनदेखि न्यूनतम पारिश्रमिकको प्रत्याभूति गरिने : श्रममन्त्री
देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता
देउवा र ओलीबीच बालकोटमा अर्थपूर्ण भेटवार्ता
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
जबलियामा इजरायाली आक्रामणबाट अहिलेसम्म झन्डै २ सयको मृत्यु
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्रविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
कोशी प्रदेशका नवनियुक्त मन्त्री एकराज कार्की अस्पताल भर्ना
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस
मंसिर अगाडि नै संघीय निर्वाचनको मुडमा कांग्रेस
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
म्याच फिक्सिङकाे अाराेपित ६ जनालाइ सफाइ !
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
विश्वासको मत लिदै गण्डकीका मुख्यमन्त्री
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
केपी ओली र प्रचण्ड दुबै भोट माग्न बिराटनगर आउने कस्ले मार्ला बिराटनगरमा बाजि !.
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज
प्रदेश नं २ मा विनियोजित गरेको बजेटमध्ये ५३ प्रतिशत बजेट फ्रिज

तपाईंले छुटाउनुभयो कि?