राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १६, २०७४
|
|
२८ पटक हेरिएको
Shares
राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दारलाई सर्वस्वसहित जन्मकैदको फैसला

सारांश

  • श्रावण १६, २०७४- भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।
  • गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो ।
  • कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले जानकारी दिए ।

श्रावण १६, २०७४- भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हवल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ ।

गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसहित जन्मकैदको फैसला भएको जिल्ला न्यायाधीश लीलाराज अधिकारीले जानकारी दिए ।

गत माघ २२ गते पासागाड खोलामा खुकुरी प्रहार गरी राधिका सुनारको हत्या भएको थियो । लामो समयसम्मको प्रहरी अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालयको मुद्धा फाँटमा कार्यरत प्रहरी हबल्दार कमल सुनारविरुद्ध गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा गत फागुन २० गते जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?