३ घण्टा ढिलो गरि सुरु भयो एमाले बैठक

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख १०, २०७९
|
|
४२ पटक हेरिएको
Shares
३ घण्टा ढिलो गरि सुरु भयो एमाले बैठक

सारांश

  • नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ ।
  • एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु भएको हो ।
  • आजको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक निर्धारित समयभन्दा तीन घण्टा ढिला सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार ३ बजेलाई बोलाइएको बैठक झण्डै ६ बजे मात्र सुरु भएको हो ।

आजको बैठकले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको तर्फबाट महानगर र उपमहानगरका उम्मेदवार चयन गर्नेछ ।

महानगर र उपमहानगरका एमाले उम्मेदवार छनोट गर्ने बैठकका मुख्य एजेण्डा रहेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । हालसम्म ललितपुर, भरतपुर र वीरगन्जबाट एक÷एक जनाको नाम मात्रै प्रदेश कमिटीले केन्द्रमा पठाएको एमाले प्रचार विभाग प्रमुख गुरुङको भनाइ छ । पोखरा, काठमाडौ र विराटनगरबाट उम्मेदवारमा सिफारिस भएका नामहरूबाट टुंगो लगाउने एमालेको तयारी छ ।

(https://woodlees.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?