कोरोना संक्रमणको जोखिम बढ्यो, मतदानकाे दिन कोरोनाविरुद्धको खोप सञ्चालन नहुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २५, २०७९
|
|
३० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २५ वैशाख ।
  • ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ ।
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।

काठमाडौं, २५ वैशाख । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनको समयमा कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मतदानको दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालन नहुने भएको हो ।

निर्वाचन सम्पन्न गर्न मतदान स्थलहरूमा स्वास्थ्यकर्मीहरू समेत परिचालन हुने र स्थानीय स्वास्थ्यकर्मीहरुले पनि आफ्नो मताधिकार प्रयोग गर्नुपर्ने हुनाले निर्वाचनका दिन अतिरिक्त खोप केन्द्र तथा नियमित खोप अभियान सञ्चालनमा कठिनाई हुने मन्त्रालयले प्रष्ट पारेको छ ।

निर्वाचन अघि र पछिका दिनहरूमा खोप केन्द्रहरूमा नियमित खोप अभियान सञ्चालन हुने भएकोले सबैलाई सकेसम्म चाँडो कोभिड १९ विरुद्ध खोप लगाउन समेत मन्त्रालयले अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा पछिल्ला दिनहरूमा कोरोना संक्रमितको संख्या बढ्दै गएको भन्दै सचेत रहन समेत मन्त्रालयले सबैमा अनुरोध गरेको छ । छिमेकी मुलुकहरूमा संक्रमण बढ्दै जाँदा नेपाल पनि जोखिममा रहेको भन्दै सचेत रहन मन्त्रालयले सबैमा अनुरोध गरेको हो ।

पछिल्लो समय भारतमा कोरोना संक्रमण बढिरहेको छ । त्यस्तै उत्तरी छिमेकी देश चीनमा समेत कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा सबैले सचेतना अपनाउनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले बताइन् । स्थानीय तह निर्वाचनका लागि भीडभाड बढी हुने भएकाले जनस्वास्थ्यको मापदण्ड अपनाएर मात्र चुनावी गतिविधि गर्न आग्रह गरिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
प्रजातन्त्रः लोकतन्त्र र गणतन्त्रको जग
परराष्ट्रमन्त्री नारायण खड्का उदयपुर-१ बाट निर्वाचित
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी
प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनुपर्ने : डा लोहनी
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
नर्भिक इन्टरनेशनल हस्पिटललाइ  अन्तर्राष्ट्रिय स्तरकाे अवार्ड
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड
लकडाउन साउन ७ गतेसम्म, काठमाडौँ आउन यस्तो मापदण्ड
सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक
सम्पन्न हुँदै त्रिपुरेश्वर–नागढुङ्गा सडक
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली
राष्ट्रिय सुरक्षाको सबैभन्दा बलियो किल्ला जनता : प्रधानमन्त्री ओली
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
उत्तर कोरियाली नेता किमलाई रुसी राष्ट्रपति पुटिनको निमन्त्रणा !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !

तपाईंले छुटाउनुभयो कि?