सिनो बहिस्कार आन्दोलनका अगुवा रामको निधन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
२९ पटक हेरिएको
Shares
सिनो बहिस्कार आन्दोलनका अगुवा रामको निधन

सारांश

  • काठमाडौं ।
  • दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको छ ।
  • विं.

काठमाडौं । दलित एवं भूमिअधिकार आन्दोलनका अगुवा बलदेव रामको मंगलबार ७४ वर्षको उमेरमा निधन भएको छ ।

विं.सं.२००० सालमा सप्तरी जिल्ला मधुपट्टीमा जन्मिएका राम लामो समयदेखि दलित अधिकारको पक्षमा संघर्षरत थिए । मोही अधिकारको लागि संघर्ष गर्दै आएका उनी आफैं मोही थिए ।

उनले २०५६ साल असारमा सप्तरीको कञ्कपुरबाट उठेको सिनो बहिष्कार आन्दोलनको नेतृत्व गरेका थिए । बहुदल आएको १० वर्षपछि पनि सिरहा र सप्तरीका दलित भनिएको चमार जातिका मानिसहरुले गैरदलीतको घरको सिनो फाल्ने काम गर्नुपर्दथ्यो । यो आन्दोलन शुरु भएपछि गैर दलितहरुले चमार बस्तीमा नाकाबन्दी समेत गरेका थिए । यो आन्दोलनपछि चमार जातिले सिनो फाल्ने बाध्यता हटेको छ ।

२०६१ सालमा उनी राष्ट्रिय भूमिअधिकार मञ्चको संस्थापक अध्यक्ष भएर भूमिअधिकार आन्दोलनलाई देशव्यापी बनाउन अग्रणी भूमिका खेेलेका थिए ।

उनले दर्जन भन्दा बढि पुरस्कार पाएका छन् । उनी २०६५ सालमा गठित भूमि आयोगका सदस्य समेत भएका थिए । उनको श्रीमती, ३ छोरी र २ छोरा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन
मनसुनजन्य विपद्को पूर्व तयारी गर्न निर्देशन
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
रुस युक्रेन युद्धको असरः कच्चा तेल प्रतिब्यारेल ११९ पुग्यो
Demand of Electricity will Definitely Rise if we are able to supply more….
Demand of Electricity will Definitely Rise if we are able to supply more….
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
कालसर्प योग के हो र यो योगमा जन्मिएका व्यक्तिले के गर्दा उत्तम हुन्छ ?
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
बेनी–जोमसोम सडकखण्ड दैनिक छ घन्टा बन्द
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
विश्वकप फुटबल २०१८: कीर्तिमानी गोल र चर्चामा रहेका खेलाडीहरु
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
अध्यक्ष ओलीलाई राउटे मुखिया शाहीद्वारा कोसी उपहार
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
विश्वकप फुटबल २०१८ : ‘बाह्र खेलाडी’विरुद्ध ‘हार्न बिर्सिएको’ टोली
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
उपत्यका र नेपालगन्जलाई अस्वस्थ वायुले एक्कासी कसरी ढाक्यो?
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको  प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !
सुरु भयो माअोवादी कांग्रेशको खिचातानि कांग्रेसले राखेको प्रस्ताव माओवादीद्वारा ठाडै अस्वीकार !

तपाईंले छुटाउनुभयो कि?