गठबन्धन बैठकमा प्रस्ताव: एसपीपीबारेमा सर्वदलीय छलफल गरौं
सारांश
- काठमाडौं।
- अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ।
- पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे।
काठमाडौं। अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी)बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गर्ने प्रस्ताव पेस भएको छ। पाँच दलीय गठबन्धनको बैठकमा एसपीपीका बारेमा छलफल गर्नका लागि सर्वदलीय छलफलको प्रस्ताव पेस भएको हाे।
‘हाम्रो पार्टी एसपीपीको पक्षमा छैनौँ भनेर प्रस्ट भनेका छौँ,’ बैठकपछि नेकपा एसका सम्मानित नेता झलनाथ खनालले भने, ‘बरु, त्यसमा छलफल गर्नका लागि सर्वदलीय छलफल गरौं भन्ने प्रस्ताव आएको छ।’
उनका अनुसार सोबारेमा प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक पर्दा निर्णय लिने बताएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया