गाउँ टेक्न थाले नेता

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १८, २०७९
|
|
२९ पटक हेरिएको
Shares
गाउँ टेक्न थाले नेता

सारांश

  • काठमाडौं।
  • कलैयाका सञ्जय तिवारी ‘विगतमा विजयी सांसदले के के काम गरे?
  • ’ भन्ने’ लेखाजोखा आगामी निर्वाचन परिणामले देखाउनेमा ढुक्क छन्।

काठमाडौं। कलैयाका सञ्जय तिवारी ‘विगतमा विजयी सांसदले के के काम गरे?’ भन्ने’ लेखाजोखा आगामी निर्वाचन परिणामले देखाउनेमा ढुक्क छन्।

‘कसलाई विजयी गराउँदा गाउँघरमा विकास हुन्छ ? भन्ने’ गाउँटोलमा चर्चा चल्न थालेको छ,’ तिवारी भन्छन््, ‘निर्वाचन मिति नजिकिँदै जाँदा चुनावी चर्चा बढ्दै गएको छ, चिया पसलदेखि खेतबारीमा समेत उम्मेदवार, दल, विकास, बजेटलगायत ’bout चर्चा भइरहेको छ।’

यसपटक निर्वाचनअघि दसैं–तिहार तथा छठजस्ता ठूला पर्व परेका छन् । यिनै पर्वको मौका छोपेर शुभकामनालगायत कार्यक्रम गाउँकेन्द्रित हुने बताउँछन् तिवारी। ‘निर्वाचनकै कारण रमाइलो पनि हुने नै भयो,’ उनी भन्छन्, ‘सर्वसाधारणले समेत राम्रोसँग चाडपर्व मनाउन पाउने भए।’

वडा पर्व दसैं–तिहार, छठ सकिएलगतै हुने निर्वाचनका लागि मतदाता रिझाउन राजनीतिक दलका नेता गाउँगाउँ र घरघर पुग्न थालेका छन् । आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा हुँदै छ । निर्वाचन आयोगको सिफारिसमा सरकारले मिति घोषणा गरेसँगै चुनावी सरगर्मी बढेको हो ।

‘जसरी पनि जित्नैपर्ने’ अभियानमा लागेका उनीहरू विभिन्न कार्यक्रमसहित गाउँघर टेक्न थालेका छन्। विभिन्न पार्टीले उम्मेदवार सिफारिस गर्दै टुंगो लगाउनेमा केन्द्रित हुँदै गर्दा आकांक्षी सर्वसाधारणसँग घुलमिल प्रयासमा छन्।

के गर्दै छ, एमाले ?
नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहित साना दलसमेत गाउँकेन्द्रित कार्यक्रममा सक्रिय छन्।

एमाले ‘भावी प्रधानमन्त्री र चुनावी कमान्डर’मा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्दै निर्वाचनमा होमिएको छ । हालै, सम्पन्न स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी, निर्वाचन परिचालन कमिटीलगायत बैठकले निर्वाचनकेन्द्रित निर्णय गरेको छ ।

ओलीले नेताहरूलाई बैठकका निर्णयसहित एमाले नेतृत्वको सरकारले विगतमा गरेका राम्रा काम’bout जानकारी दिँदै जनतामाझ पुग्न निर्देशनसमेत दिइसकेका छन्। त्यसअनुसार अहिले एमाले नेता गाउँ केन्द्रित कार्यक्रममा व्यस्त छन्। पार्टी बैठक, भेला, प्रशिक्षणसहित उनीहरू पालिकास्तरमा पुगिरहेका छन्।

२४ भदौभित्र पार्टीका तर्फबाट उम्मेदवार हुनेको नामावली पठाउन निर्देशन दिएको एमालेले ओली नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। उनको संयोजकत्वमा ४ सय ५१ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन भएको हो।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार निर्वाचन परिचालन कमिटी सचिवमा उपमहासचिव विष्णु रिमाल छन्। ३४ सदस्यीय केन्द्रीय सचिवालयसमेत गठन भएको छ।

यसैगरी, देशभर प्रदेश, जिल्ला, क्षेत्रलगायतमा निर्वाचन परिचालन कमिटी गठन गरेर नेता–कार्यकर्ता परिचालन गरिएको छ । पार्टी निर्णयअनुसार एमाले नेता पालिकाकेन्द्रित भएका छन्् । जिल्लादेखि पालिकासम्ममा विभिन्न कार्यक्रम भइरहेको छ । देशव्यापी निर्वाचन परिचालन कमिटी गठन गरेर विजय हासिल गर्ने अठोटसाथ निर्वाचनमा पार्टी होमिएको रिजाल बताउँछन्् ।

अध्यक्ष ओलीले निर्वाचनमा एमालेको बहुमत आउनेगरी आन्तरिक तयारीमा जुट्न निर्देशन दिइसकेका छन। एमाले विजयी भएपश्चात् गठन हुने सरकारले गर्ने काम’bout ‘जनतालाई सही तरिकाले जानकारी दिन’ ओलीले कडा निर्देशन दिएका छन्।

एमालेले जारी गर्ने घोषणापत्र लिएर जनतामाझ जानुपर्ने र पार्टीको आगामी ‘योजना के हुने ?’ भन्ने’bout घरघर पुगेर जानकारी गराउनुपर्ने ओलीले निर्देशनमा उल्लेख गरेका छन्् ।

एमाले उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङ पार्टीका विभिन्न तहका नेता निर्वाचन केन्द्रित कार्यक्रमसहित जिल्ला जिल्लामा पुगिसकेको बताउँछन् ।

कांग्रेसको आफ्नै तयारी
प्रमुख सत्तारूढ दल कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलक्षित चुनावी अभियानसहित गाउँकेन्द्रित कार्यक्रम गरिरहेको छ । तीन चरणको चुनावी अभियान घोषणा गर्दै गाउँ पसिसकेको उसले पहिलो चरणको अभियान १० देखि २४ भदौसम्म सञ्चालन गर्दै छ ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पहिलोपछि दोस्रो चरणको अभियान समानुपातिक उम्मेदवारको बन्दसूची बुझाएर सञ्चालन हुनेछ भने तेस्रो तथा निर्णायक चरण प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि सुरु गर्ने तयारी छ ।

‘जनताको साथमा कांग्रेस’ अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरिएको छ । उनीहरूलाई कांग्रेसले केन्द्रमा प्रशिक्षण दिएर जिल्ला जिल्लामा परिचालन गरिसकेको छ ।

अभियानमा जनताका समस्या सुन्ने, कांग्रेस नेतृत्वको सरकारले गरेको काम’bout जनतालाई जानकारी गराउने, निर्वाचनमा सहभागी हुन मतदातालाई आग्रह गर्ने र सत्तारूढ गठबन्धन दलबीच तालमेलको औचित्य पुष्टि गरिने भएको छ ।

अभियानमा प्रदेश कार्यसमिति, जिल्ला कार्यसमिति, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति एवं पालिका कार्यसमितिले प्रभावकारी सफलताका लागि आवश्यकताअनुरूप प्रतिनिधिसमेत छुट्टै परिचालन गरेका छन्् ।

तोकिएका प्रतिनिधिले १५ दिनसम्म चल्ने अभियानमा कम्तीमा पाँच दिन तोकिएका जिल्लामा विविध कार्यक्रममा सहभागी हुनैपर्नेछ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष शेरबहादुर देउवाले जिल्लामा परिचालन गरिएका नेतालाई निर्देशन दिँदै ‘कार्यक्रम प्रभावकारी बनाउन’ भनेका छन् ।

माओवादी नेता जिल्लामा
नेकपा माओवादी केन्द्रले निर्वाचनकेन्द्रित कार्यक्रमसहित जिल्ला जिल्लामा नेता परिचालन गरेको छ । माओवादी केन्द्र सचिव गणेश साहका अनुसार सबै प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधि परिचालन गरिएको छ ।

प्रशिक्षण, भेला, बैठक, कमिटी पुनर्गठनलगायत गतिविधिसहित ‘जनताबीच पुग्ने र जनचाहना के हो ?’ भन्ने’bout सुझाव संकलन काम भइरहेको छ । निर्वाचन केन्द्रित कार्यक्रमसहित क्षेत्र, पालिका, जिल्लालगायत पुगेर कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढाउन प्रतिनिधिलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिइसकेका छन्् ।

मेची–महाकाली जागरण अभियान
नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले नेता–कार्यकर्तालाई निर्देशन दिँदै ‘गाउँ केन्द्रित’ हुन भनेका छन्् । उसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रकेन्द्रित कार्यक्रम गरिरहेको छ ।

एकीकृत समाजवादी युवा संघ नेपालले पश्चिम महाकालीबाट मेचीसम्म ‘मेची–महाकाली जागरण’ अभियान सुरु गरेको छ ।

एकीकृत समाजवादीले २० भदौभित्र प्रतिनिधिसभा र प्रदेशसभा उम्मेदवारको नामावली केन्द्रमा सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन दिएको छ । सोहीअनुसार एकीकृत समाजवादीले उम्मेदवार छनोट गर्दै बैठक, भेला, प्रशिक्षणसहित जनताबीच पुगिरहेको उपाध्यक्ष धर्मनाथ साह बताउँछन् ।

साना दलको आफ्नै चटारो
जसपा, लोसपा, जनमत पार्टी, नेमकिपा, राष्ट्रिय जनमोर्चा, स्वतन्त्र पार्टी, तमलोपा, सद्भावना पार्टी, नागरिक उन्मुक्ति पार्टीसहित साना दलसमेत निर्वाचनकेन्द्रित कार्यक्रम लिएर जिल्ला–पालिकामा पुगेका छन्। ती दलका शीर्षनेताले त देश दौडाहासमेत सुरु गरिसकेका छन्।

विभिन्न पार्टीका असन्तुष्ट नेतालाई भित्र्याउने कामसमेत भइरहेको छ । उनीहरू एकले अर्को पार्टी परित्याग गरी टिकट पाउने लोभमा अन्य पार्टी प्रवेश गरिरहेका छन्् । पार्टी प्रवेश र परित्याग गर्ने ठूलादेखि साना नेतासमेत छन्।

मन्त्री, सांसद, नगरप्रमुख, उपप्रमुखलगायत पदमा जिम्मेवारी निर्वाह गरिसकेका नेतादेखि जिम्मेवारीमा रहेका समेत पार्टी परित्याग र प्रवेश गरिरहेका छन् ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति नजिकिँदै गर्दा प्रमुख राजनीतिक दल घोषणापत्र मस्यौदाको आन्तरिक तयारीमा समेत जुटेका छन्। राजनीतिक दलले मस्यौदा तयारी समिति गठन गरेर आन्तरिक तयारीमा जुटेका छन्। अहिलेसम्म कुनै पनि राजनीतिक दलले घोषणापत्र सार्वजनिक गरेका छैनन् ।

यी दलले विगतका निर्वाचनमा घोषणापत्रमार्फत जनतामाझ गरेका प्रतिबद्धता पूरा नगरेका कारण आलोचना हुँदै गर्दा पुरानै योजना तथा पूरा गर्न नसकिने योजनासाथ सुन्दर, मिठो एवं गहकिलो नारासहितको घोषणापत्रको मस्यौदा गरिरहेका छन्।

शिक्षा, स्वास्थ्य, सडक, बिजुली, खानेपानी, रोजगार, शान्ति सुरक्षालगायत विषयकेन्द्रित मस्यौदा तयारी भइरहेको छ । यिनै विषय प्राथमिकता दिएका राजनीतिक दलले अन्य महत्वपूर्ण गौरवका आयोजनासमेत आप्mनो घोषणापत्रमा समेट्ने बताएका छन् ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
एमालेले केन्द्रीय कार्यालयद्वारा कामनपाको जरिवाना पत्र बुझ्न अस्वीकार
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
उपराष्ट्रपति पुनद्वारा सर्वश्री आनी भिमसुवा गुरुङ सम्मानित
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक शर्माको निधन
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
म्याग्दीको ताकममा पहिरोमा घर पुरिँदा दुई जनाको मृत्यु
एनिमलकी ‘जोया’ ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
एनिमलकी ‘जोया’ ले कार्तिक आर्यनसँग आशिकी-३ मा रोमान्स गर्ने
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
बसभित्रै चुरोट पिउनेदेखि ट्वाइलेसटसम्म : काठमाडौँ–लुम्बिनी पर्यटकीय यातायात
कर्मचारीले बहुविवाह गर्दा जागिर नजानेगरी विधेयक !
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
औद्योगिकरण गर्न थप लगानीको खाँचो छ : अध्यक्ष नेपाल
वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण
वाम एकता नहुने संकेत, यी हुन् मुख्य कारण
४०० पुरुषले पनि यी महिलालाई साँचो माया दिन नसकेपछि…
४०० पुरुषले पनि यी महिलालाई साँचो माया दिन नसकेपछि…

तपाईंले छुटाउनुभयो कि?