डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३, २०७९
|
|
२४ पटक हेरिएको
Shares
डेंगु सङ्क्रमण उत्कर्षमा, ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि

सारांश

  • काठमाडौं।
  • देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ।
  • सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ।

काठमाडौं। देशभर डेंगु सङ्क्रमण उत्कर्षमा पुगेको छ। सातै प्रदेशका ७७ वटै जिल्लामा सङ्क्रमण देखिएको छ। जसमध्ये सबैभन्दा धेरै बाग्मती प्रदेशमा पुष्टि भएको छ । बाग्मती प्रदेशमा ३२ हजार ४ सय ९४ जना सङ्क्रमित भएका छन्।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशमा ४ हजार ३ सय ९९ जनामा संक्रमण पुष्टि भएको इडीसीडी अन्तर्गत किट्जन्य शाखाले जनाएको छ। बाग्मती, लुम्बिनी प्रदेशपछि प्रदेश नम्बर एकमा १ हजार २ सय ८२ जनामा संक्रमण भेटिएको छ।

यस्तै, सुदूरपश्चिम १ हजार १ सय ४४, गण्डकी प्रदेशमा १ हजार ९१,मधेस प्रदेश ६ सय ८५ र कर्णाली ६ सय ४७ जनामा संक्रमण देखिएको छ। गएको १६ दिनको अवधिमा मात्र ११ हजार ५ सय ५७ जना सङ्क्रमित भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्यांकले देखाएको छ।

यस्तै, गएको २४ घण्टामा १ हजार ७ सय भन्दा बढीमा डेंगु पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ। साउन महिनायता ४१ हजार ७ सय ४३ जना सङ्क्रमित भइसकेका छन्। ४९ जनाको डेंगुको कारण ज्यान गएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

एक लाखभन्दा धेरैलाई डेंगु सङ्क्रमण भएको जनस्वास्थ्यविद्हरूको अनुमान छ। डेंगुको लक्षण भएका विरामीहरु घरघरमा भए पनि अस्पतालमा नपुग्नेको दर धेरै रहेको जनस्वास्थ्यविद्हरूको भनाइ छ ।

डेंगुको प्रकोप अझै डेढ महिनासम्म रहने विज्ञहरुले जनाएको छ।डेंगु सङ्क्रमण उच्च भए पनि नियन्त्रणमा सरकारी प्रयास भने प्रभावकारी बन्न नसकेको विज्ञहरुको भनाई छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
सुदूरपश्चिम प्रदेशमा नेपाल टेलिकमको इन्टरनेट सेवा अवरुद्ध
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
रणवीर अघि यी दुई क्रिकेटरको प्रेमिका थिइन दीपिका पादुकोण
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
यौन हिंशाको आरोपमा मन्त्रीका सल्लाहकार पक्राउ
Sonali Bendre diagnosed with high-grade cancer, undergoing treatment in New York!
Sonali Bendre diagnosed with high-grade cancer, undergoing treatment in New York!
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
स्थानीय तहको चुनावबाट निर्वाचित जनप्रतिनिधिको ५ वर्षे कार्यकाल इतिहासमा उल्लेखनीय हुनुपर्छ – केपी शर्मा ओली
आइतवारदेखि नेपाली रेल नियमित चल्ने
आइतवारदेखि नेपाली रेल नियमित चल्ने
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
राजपाका ६ अध्यक्ष मध्ये ५ अघि, राजकिशोर १५ सय मतले पछि
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय
पानामाका पूर्व राष्ट्रपतिलाई २१ वर्ष जेल सजाय
काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
काग्रेस उपसभापति धनराज गुरुङ चढेको गाडी स्याङजामा दुर्घटना
सुनचाँदीको मूल्यमा गिरावटको क्रम जारी, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्यमा गिरावटको क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

तपाईंले छुटाउनुभयो कि?