छुरा प्रहार गरी हत्या गरेको आरोपमा ५ जना पक्राउ
सारांश
- विराटनगर।
- छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षीय सरोज बस्नेत, उर्लाबारी—६ का १७ वर्षीय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षीय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै १७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
विराटनगर। छुरा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षीय सरोज बस्नेत, उर्लाबारी—६ का १७ वर्षीय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षीय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै १७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
गत वर्षको छठ पर्वमा उनीहरूबीच भनाभन भएको रिसमा श्रेष्ठको हत्या भएको हत्यामा संलग्नलाई उद्धृत गर्दै मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले बताए।
आइतबार राति झापा दमक नगरपालिका—१० का १४ वर्षीय दियुस श्रेष्ठलाई मौवा खोलामा छठ पर्वको रौनक हेर्न जानेक्रममा छुरा प्रहार गरी घाइते बनाइएको थियो।
छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी अस्पताल पुर्याइएको थियो। सो अस्पतालमा उपचार हुन नसकेपछि विर्तामोडस्थित वि एण्ड सि अस्पताल रेफर गरिएको श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको थियो।
प्रतिक्रिया