आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २०, २०७९
|
|
३५ पटक हेरिएको
Shares
आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गर्दै सेलेना, आमा बन्न नसक्ने चिन्ता

सारांश

  • लसएञ्जल्स।
  • गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरेकी छन्।
  • कम उमेरमा हलिउडमा सफलता हात परेकी उनलेसन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको बताएकी थिइन्।

लसएञ्जल्स। गायिका सेलेना गोमेजले हालै आफ्नो नयाँ डकुमेन्ट्री ‘माई माइण्ड एण्ड मी’ मा आफ्नो जिन्दगीसँग जोडिएका कैयौं कुराको खुलासा गरेकी छन्। कम उमेरमा हलिउडमा सफलता हात परेकी उनलेसन् २०२० मा इन्स्टाग्राममा एक लाइभ सेशनमा फ्यानमाझ आफूलाई बायपोलर डिसअर्डरको रोग रहेको बताएकी थिइन्।

सेलेनाले एक अन्तर्वार्तामा आफू सायद कहिल्यै आमा नबन्ने कुरा बताएकी थिइन्। सेलेना हालैमात्र रोलिङ स्टोन म्यागाजिनको कभरमा आएकी थिइन्। उनले पत्रिकासँग आफ्नो भावी योजनाका बारेमा कुराकानी गरेकी थिइन्।

कुराकानीमा सेलेनाले आफूलाई परिवार बढाउन मनपर्ने भए पनि आफ्नो ‘मेडिकेसन’का कारण त्यो खतरनाक हुने उल्लेख गरेकी छन्। ‘म गर्भवती हुनका लागि प्रयासरत एक साथीलाई भेट्न गएकी थिएँ । साथीको अवस्था देखेपछि म आफ्नो कारमा गएर रोएँ । किनकी मैले पनि बच्चालाई कहिल्यै पनि जन्म दिन नसक्ने हो कि भन्ने चिन्ता थियो’, उनले भनेकी छन्।

सेलेनाले बायपोलर डिसअर्डरको औषधिका कारण सन्तान जन्माउनु सन्तान र आमा दुवैका लागि खतरनाक रहेको बताएकी छन्। यसअघि सन् २०१४ मा सेलेनालाई ल्यूपस रोगका कारण अस्पताल भर्ना गरिएको थियो। जहाँ उनको किड्नी ट्रान्सप्लान्ट गरिएको थियो। त्यो किड्नी उनको साथीले दिएकी थिइन्।

‘लूज यू टू लव मी’, ‘स्लो डाउन’, ‘बेड लायर’ जस्ता सुपरहिट गीतकी यि गायिका ‘बोल्ड सङ’ दिन सक्ने गायिकाका रूपमा विश्वभरका दर्शकमाझ चर्चित छन्। उनको आनीबानीलाई मिडियाले राम्रै स्थान दिइरहेका हुन्छन्। सेलेनाको स्वर, प्रस्तुति र शारीरिक सुन्दरता तीनवटै पाटा चर्चित छन्। गोमेज डिज्नीको चर्चित शो विजर्ड अफ वेवर्लि प्लेस’बाट बाल कलाकारक को रूपमा चर्चामा आएकी थिइन्।

(conversionwise.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
7 Ayurvedic Face Packs For Glowing Skin
7 Ayurvedic Face Packs For Glowing Skin
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
कम्बोडियाबाट फर्केपछि प्रधानमन्त्रीले भने, ‘आवेशमा च्यातेर बहस गर्ने होइन’
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
माओवादी ‘कसैले हेप्न नसक्ने’ तेस्रो शक्ति बन्छः प्रचण्ड
Online Sports Betting & Casino Login Bonus $30
ओली-प्रचण्ड विवादको असर संवैधानिक निकायको नियुक्तिमा
ओली-प्रचण्ड विवादको असर संवैधानिक निकायको नियुक्तिमा
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
चुनाव हारजित हुनु स्वाभाविक हो, तर मुलुक हार्नु हुँदैन : प्रचण्ड
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री  पुन
भारतसँगको १८ अर्बको विद्युत आयातलाई प्रतिस्थापन गरिन्छ: मन्त्री पुन
कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
कालोपत्रको काम अलपत्र छाडेर निर्माण व्यवसायी पुनः सम्पर्कविहीन
भेटेनरी डाक्टरले पालेकै बोइलर कुखुरा कसरी स्वाहा भयो ?
भेटेनरी डाक्टरले पालेकै बोइलर कुखुरा कसरी स्वाहा भयो ?