उत्तर कोरियाद्धारा क्षेप्यास्त्र परिक्षण, युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश
सारांश
- काठमाडौ ।
- उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ ।
- ‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको हो।
काठमाडौ । उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गरेको छ । ‘भिजिल्याण्ट स्टोर्म’ नामक अमेरिका– दक्षिणकोरिया संयुक्त सैन्य अभ्यासलाई सैनिक टकरावको उन्माद भन्दै आएको उत्तरकोरियाले उक्त अभ्यास सकिएकै दिन शनिबार पुनः चार वटा क्षेप्यास्त्र परीक्षण गरेको हो।
प्योङयाङले पश्चिमी समुद्रमा चार वटा छोटो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ परीक्षण गरेको दक्षिणकोरियाली जनाउँदै उसले उत्तरकोरिया परमाणु हतियार परीक्षण पुनः सुरु गर्ने तयारीमा रहेको बताएको छ । दक्षिणकोरियाले प्योङयाङका उत्तेजक गतिविधिलाई दृढतापूर्वक जवाफ दिने बताउँदै कोरिया र अमेरिकाको संयुक्त प्रतिरक्षा क्षमता क्षीण नभएको चेतावनी दिएको छ ।
प्योङयाङले शुक्रबार संयुक्त राज्य अमेरिका र दक्षिणकोरियालाई उत्तेजक वायुसेनाको अभ्यास रोक्न माग गरेको थियो । अभ्यासका क्रममा सुपरसोनिक बमवर्षक विमानसमेत समावेश गरिएपछि चिढिएको उत्तरकोरियाले संयुक्त सैन्य अभ्यास समाप्त हुनेबित्तिकै फेरि क्षेप्यास्त्र परीक्षण गरेको हो ।
वायु सेनाको संयुक्त अभ्यासमा दुवै देशका अत्याधुनिक एफ थर्टीफाइभ लडाकु विमानसहित दुई सय ४० विमान समावेश थिए । उक्त अभ्यासबाट आाक्रोशित प्योङयाङले गत साता सुमद्रमा दर्जनौँ क्षेप्यास्त्र प्रक्षेपण गर्नाका साथै अन्तरमहादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो । उसले आन्तरिकरूपमा युद्धविमानसमेत उडाएर युद्धका निम्ति तम्तयार रहेको सन्देश प्रवाह गरेको थियो ।
यसैबीच, संयुक्त राज्य अमेरिका तथा उसका सहयोगी एवम् चीन र रूसका कूटनीतिज्ञबीच राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा गम्भीर मतभेद भएको छ ।
अमेरिका र उसका सहयोगीले चीन र रूसको संरक्षणमा प्योङयाङले क्षेप्यास्त्र परीक्षणलाई तीव्र गतिमा अघि बढाएको आरोप लगाउँदै त्यसले कोरियाली प्रायद्वीपमा दिगो शान्ति तथा स्थायित्व कायम गर्ने प्रयास निरर्थक भएको र निःशस्त्रीकरणसम्बन्धी सुरक्षा परिषद्का प्रस्ताव उल्लङ्घन भएकामा आपत्ति जनाएका छन् ।
Inscreva-se
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me? https://accounts.binance.com/pt-BR/register-person?ref=YY80CKRN
打开Binance账户
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?