Breaking News : योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण १९, २०७४
|
|
२३ पटक हेरिएको
Shares
Breaking News : योजना आयोगको उपाध्यक्षमा वाग्ले नियुक्त

सारांश

  • काठमाडौं ।
  •  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सरकारले स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।
  • मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

काठमाडौं ।  राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा सरकारले स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बिहान बसेको बैठकले वाग्लेलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

सार्वजनिक वित्त, अन्तराष्ट्रिय व्यापार, लगानी र प्रतिस्पर्धात्मक क्षमताका विज्ञ वाग्ले यसअघि तत्काल प्रधानमन्त्री सुशील कोइरालाको सरकारमा पनि योजना आयोगका सदस्य थिए ।

उनले विश्व बैकको मुख्यालय वासिङटन डिसिमा वरिष्ठ अर्थशास्त्रीको रुपमा समेत लामो समय काम गरेका थिए । राष्ट्रसंघीय विकास कार्यक्रममा पनि उनीसाग नीति विश्लेषकको रुपमा काम गरेको अनुभव छ ।  उनको दर्जनभन्दा बढी अर्थशास्त्र सम्वन्धी प्राज्ञिक लेख अन्तराष्ट्रिय जर्नलमा प्रकाशित छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?