एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १, २०७९
|
|
२८ पटक हेरिएको
Shares
एमालो लागि देशैभरीबाट परिवार दलले १ लाख ६५ हजार मत खसाल्छौः अध्यक्ष ढकाल

सारांश

  • अध्यक्ष ढकालले आफ्नो चुनाबी घोषण पत्र माफर्त राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण, सुशासन, युवा तथा रोजगार, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, वातावरण संरक्षण लगायत १५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।
  • काठमाडौ ।
  • २०७४ सालपछि सबै निर्बाचनमा नेकपा एमालेसँग चुनाबी सहकार्य गदै आएको नेपाल परिवार दलले आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्बाचन पनि एमालेसँगको सहकार्यलाई निरन्तरता दिएको छ ।

अध्यक्ष ढकालले आफ्नो चुनाबी घोषण पत्र माफर्त राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण, सुशासन, युवा तथा रोजगार, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, वातावरण संरक्षण लगायत १५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेका छन् ।

काठमाडौ । २०७४ सालपछि सबै निर्बाचनमा नेकपा एमालेसँग चुनाबी सहकार्य गदै आएको नेपाल परिवार दलले आसन्न प्रतिनिधी तथा प्रदेश सभा निर्बाचन पनि एमालेसँगको सहकार्यलाई निरन्तरता दिएको छ । एमालेको पक्षमा देशैभरीबाट १ लाख पैसटी हजार मत खसाल्ने दाबी गरेको परिवार दलले चुनाब केन्द्रीत अभियान पूर्व मेची देखि महाकाली सम्म नै सञ्चालन गरेको छ । नेपालको संबिधान निर्माणमा महत्वपूर्ण योगदान गरेको परिवार दलले दोस्रो संविधान सभा निर्बाचनमा ६० हजारको हाराहारीमा मत पाएको थियो । आसन्न निर्बाचनमा एमालेको समानुपातिक उम्मेदबार समेत रहेका ढकालले आफै चुनाब प्रचारमा होमीएका छन् ।

परिवार दलले एमालेको पक्षमा ठूलै जनमत निमार्ण गर्नको लागि दलका सातै प्रदेशका संयोजकहरु यतिबेला चुनाब प्रचार प्रचारको लागि देश दौडाहमा जुटेका छन् । एमाले अध्यक्ष केपी ओलीको निर्बाचन क्षेत्रबाट चुनाबी अभियानमा सामेल भएका अध्यक्ष ढकाल झापा, इलाम, धनुषा, महोतरी, गोरखा, कैलाली, कञ्चनपुर,कास्की ,चितवन लगायतको जिल्लामा चुनाब प्रचार अभियानमा सहभागि मात्र भएनन घरदैलो अभियानमा समेत प्रतिनिधी सभा र प्रदेशसभाका उम्मेदबारसँगै मत माग्न हिडे । परिवार दलले नेपाल परिवार दलको आव्हान ः सुर्यमा मतदान’ मंसिर–४ ओेली सरकार भन्ने मुख्य नारा बनाएरै चुनाब प्रचारमा होमिएको छ ।

कुैन समय बैकल्पीक राजनीतिक शक्ति निर्माणको अभियानमा जुटेका ढकालले एमालसँग चुनाबी सहकार्यमा किन आए त । मुलकुमा राजनीतिक परिर्वन भएको र अव देशमा स्थायी सरकार र बिकासको मुल फुटाउनु पर्ने भएकाले देश बिकास गर्ने पार्टी एमाले मात्रै भएकोले एमालेसँग चुनाबी सहकार्य गरेको बताउँछन् । राष्ट्रिय समस्याको निकास र देश बिकासको लागी ओली नेतृत्व निर्बिकल्प रहेको बताउँदै एमाले र केपी ओलीको हाराहारीमा अर्को दल र नेता नभएको ढकालको दाबी छ । परमादेशको सरकारवाट देशलाई मुक्त गरि संमृद्धिको अभियान अघि बढाऊन केपी ओलीको नतृत्वमा राष्ट्रिय शक्ति निर्माण गर्नु पर्नेमा जोड दिदै आएका ढकालले दैशै भरमन मतदातालाई विवेक प्रयोग गर्न आग्रह गदै संमृद्धिको अभियानको नेतृत्व गर्न सक्ने पार्टी र पात्र एमाले र केपी ओली भएको तर्क गरेका छन् ।
ओलीको बोलीको गोलीले राष्ट्रघातीहरु घाइते भएर बरबराइ रहेका छन भन्दै ओलीको देश भक्तिको कदर जनताले मङसिर ४ गते मतदान मार्फत गर्ने बताए । ढकालले राष्ट्रियताको संरक्षण, संमृद्धिको अगुवाई, नेपालीको एकता र नेपालको हित केन्द्रित सन्तुलित बैदेशिक सम्बन्धको लागि केपी शर्मा ओलीको नेतृत्व अनिबार्य रहेको जिकिर गदै सत्ता गठबन्धनको निरन्तरताले मुलुकमा आर्थिक विकास र राष्ट्रियताको संरक्षण हुन नसक्ने जिकिर गरे । परिवार दलले ४०१ सदस्यीय निर्बाचन परिचालन समिति गठन गरेर देशको सबै प्रदेश र जिल्लामा सुर्य चिन्हमा मत माग्ने अभियान तिब्र बनाएको बताउदै एमाले संगको तालमेलमा रहेका अन्य दलका उम्मेदवारलाई पनि प्रत्यक्ष तर्फ सघाउने बताएका छन् ।

अहिलेको ५ दलीय गठबन्धनसँग श्रमिक र मजदुरहरूको पक्षमा कुनैपनि एजेण्डा नभएको बरु, पूँजीपतिहरुको पालनपोषण गर्ने रणनीतिलाई निरन्तरता दिएको भन्दै अब श्रमजीवि, मजदुरलगायतको हितमा रहेको एमालेको सूर्य चिन्हमा मतदान गर्नुपर्ने ढकालले आवहाँन गरे । ढकालका अनुसार ओली नेतृत्वको सरकारले चुच्चे नक्सा जारी गरेकोले अबको सरकारको नेतृत्व गर्दा गुमेको भूभाग कालापानी र लिम्पियाधुरामा राष्ट्रिय झण्डा फहराउने दाबी गरे । अध्यक्ष ढकालले आफ्नो चुनाबी घोषण पत्र माफर्त राष्ट्रियताको संरक्षण, संविधानको कार्यान्वयन, शान्ति लोकतन्त्र र समृद्धि, भ्रष्टाचार निवारण, सुशासन, युवा तथा रोजगार, अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, वातावरण संरक्षण लगायत १५ बुँदे प्रतिवद्धता सार्वजनिक गरेको बताए । ढकालले देशैभरीबाट एमालेको विजय अभियानलाई कसैले रोक्न नसक्ने बताउँदै बिचारमा भिन्नताको बाबजुत् पनि बलियो राष्ट्रियता तिव्र विकास, सुशासन, कृषिमा आधुनिकरण, युवा रोजगार, नेपाली नागरिकहरूको एकता लगायत समानताको एजेन्डा नेकपा एमाले संग मिलेको उनको भनाई छ । पाँच दलिय गठवन्धनले देशको आमूल परिवर्तन गर्ने विकासको कुनैपनि ऐजेन्डा नभएको जिकिर गर्दै ढकालले नेपाली जनताले अब स्थायि सरकार निर्माणका गरि समृद्ध नेपाल सुखि नेपालिको राष्ट्रिय एजेन्डा सफल वनाउनको लागि लागि नेकपा ऐमालेलाई बहुमत दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    open a binance account

    Your article helped me a lot, is there any more related content? Thanks!

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा विघटन गर्ने निर्णय सच्याउन आवश्यक छः कांग्रेस
हात्ती महोत्सव पुस १० देखि
हात्ती महोत्सव पुस १० देखि
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
हरेक कर्मचारीले पदमा रहदाको अवस्थामा नै आफ्नो क्षमता देखाएर काम गर्नुपर्यो: उर्जामन्त्री
चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’
चौथो सिजनमा यी अभिनेत्री बन्नेछिन् ‘नागिन’
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
मध्यपहाडी राजमार्गको हेटौडा–चतरा सडकखण्डको काममा लापर्वाही
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
कृष्णबहादुर महरा प्रकरण सार्वजनिक गर्ने पत्रकारको सुरक्षाप्रति युनियनको चासो
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
फ्रान्सले विश्वकप जितेमा प्रशिक्षकले यस्तो रेकर्ड कायम गर्नेछन्
सुन छिराउने काइदाको सुराक
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’
इटहरीका मेयरको आयो कडा चेतावनी, भन्छन् ‘अब लात्तै लात्तले हान्छु’

तपाईंले छुटाउनुभयो कि?