विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर ९, २०७९
|
|
२५ पटक हेरिएको
Shares
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी

सारांश

  • काठमाडाैं।
  • कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ।
  • ब्राजिलले सर्बियालाई २-० गोलअन्तरले पराजित गर्यो।

काठमाडाैं। कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ। ब्राजिलले सर्बियालाई २-० गोलअन्तरले पराजित गर्यो। ब्राजिलका लागि दुवै गोल रिचार्लिसनले गरेका थिए।

पहिलो हाफसम्म दुवै टोलीले गोलरहित खेल खेले। दोस्रो हाफमा ब्राजिलले उत्कृष्ट खेल प्रदर्शन गर्यो। खेलको ६३औँ मिनेटमा रिचार्लिसनले पहिलो गोल गरेको हाे। उनले खेलको ७३औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीलाई विजयी दिलाए । सर्बियाका तर्फबाट पनि गोलका केही प्रयास भएका थिए। यद्दपी गोल भने हुन सकेन।

समूह ‘जी’ मा रहेको ब्राजिलले जीतसागै तीन अङ्क जोडेको छ । ब्राजिल आफ्नो समूहको शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?