विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १५, २०७९
|
|
४२ पटक हेरिएको
Shares
विश्वकप फुटबल प्रतियोगिता : फ्रान्स र अष्ट्रेलिया नकआउट चरणमा

सारांश

  • काठमाडाैं।
  • कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
  • कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १-० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो।

काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘डी’ बाट साविक विजेता फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।

कतारको एजुकेसन सिटी रङ्गशालामा आज भएको समूह ‘डी’को अन्तिम तथा निर्णायक खेलमा ट्युनिसियासँग १-० गोलअन्तरले पराजित भए पनि फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो। खेलको दोस्रो हाफमा ट्युनिसियाले अग्रता लियो।

खेलको ५८ औँ मिनेटमा ट्युनिसियाका कप्तान वाह्बी खाज्रीले गरेको एक गोल नै ट्युनिसियाका लागि निर्णायक गोल सावित भयो। यस जितका बाबजुद पनि ट्युनिसिया नकआउट चरणमा पुग्न सकेन। फ्रान्स भने हारका बाबजुद समूह विजेता बन्न सफल रहयो।

अष्ट्रेलिया नकआउट चरणमा प्रवेश

त्यसैगरी कतारको अल जुनब रङ्गशालामा आजै भएको अर्को खेलमा अष्ट्रेलियाले डेनमार्कलाई १-० गोलअन्तरले हराउँदै नअकाउट चरणमा प्रवेश गरेको छ। अष्ट्रेलियाका म्याथु लेकीले खेलको ६१ औँ मिनेटमा गरेको एक गोल अस्ट्रेलियाको लागि निर्णायक गोल सावित भयो।

समूह ‘डी’ बाट फ्रान्स र अष्ट्रेलिया नकाउट चरणमा पुगे। दुवै टोलीले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोडे। फ्रान्स गोलअन्तरमा अघि रहेर समूह विजेता बन्यो भने अष्ट्रेलिया समूहको उपविजेता बन्दै नकआउट चरणमा पुग्यो।

त्यसैगरी ट्युनिसिया तीन खेलमा चार अङ्क जोडे पनि समूहको तेस्रो स्थानमा सीमित रहयो। डेनमार्क एक अङ्कसहित पुछारमा रह्यो। विश्वकपमा समूह ‘डी’ बाट ट्युनिसिया र डेनमार्क प्रतियोगिताबाट बाहिरिए।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    binance

    Your point of view caught my eye and was very interesting. Thanks. I have a question for you.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
एभिन्यूज टीभी छोडेको वर्षौ बित्दा पनि तलब नपाएपछि पूर्वकर्मचारी आन्दोलित
यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा
यू-१९ क्रिकेट विश्वकपको सेमिफाइनल समीकरण पूरा
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
एसएलसीको रूपान्तरित माध्यमिक शिक्षा परीक्षा आजदेखि:पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागी
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
नाममात्रैकाे घाेषणा र अभियान, बजारमा छ्यापछ्याप्ती भेटिन्छन् प्लास्टिक
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
अध्यक्ष ओलीमाथि आक्रमण प्रयास भएपछि युवा संघ एक्शनमा, सशक्त प्रतिवाद गर्न बाध्य हुने चेतावनी
जसपा विधान अधिवेशन समितिको बैठक आह्वान
जसपा विधान अधिवेशन समितिको बैठक आह्वान
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु
बालकोटमा एमाले स्थायी कमिटी बैठक सुरु
रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर आज पनि खुल्ला
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने
महानगर र उपमहानगरको सिट बाँडफाँड गठबन्धनले भोली टुंगो लगाउने