गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
गण्डकीमा आज नयाँ सरकार बन्दै, एमालेका खगराज मुख्यमन्त्री

सारांश

  • काठमाडौँ ।
  • गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ ।
  • प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो ।

काठमाडौँ । गण्डकी प्रदेशमा आज नयाँ सरकार गठन हुनेछ ।प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पुस २१ गते ५ दिनको समय दिएर संविधानको धारा १६८ उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी गर्न दलहरूलाई आह्वान गर्नुभएको थियो । उहाँले दिनुभएको समय सीमा आज अपराह्न ४ः०० बजे सकिँदै छ । त्यसअघि नै सत्ता गठबन्धनका दलहरू बहुमत हस्ताक्षरसहित मुख्यमन्त्रीमा दावीका लागि जाने बुझिएको छ ।

एमाले सांसद रोशन गाहाका अनुसार ३२ जना सांसदको हस्ताक्षर तयार भइसकेको छ । अहिले त्यसैका लागि एमाले संसदीय दलको बैठक चलिरहेको छ । यसपछि गठबन्धन दलका नेताहरुबीच बैठक बसेर मुख्यमन्त्रीको दाबी पेस गर्न जाने गाहाले बताउनुभयो । आइतबार नै दाबी गर्ने तयारी थालेको सत्ता गठबन्धन केन्द्रको निर्णय नआएका कारण रोकिएको हो ।

गण्डकीमा काँग्रेस र एकीकृत समाजवादी बाहेकको सरकार बन्दै छ । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको हस्ताक्षर सङ्कलन गरिएको उहाँले बताउनुभयो । पहिलो दल काङ्ग्रेससँग २७ सिट छ भने स्वतन्त्र जितेर एसमा पसेका राजीव गुरुङ (दीपक मनाङे)पनि प्रतिपक्षमा हुने छन् । मुख्यमन्त्रीमा दाबी गर्नुअघि नै मन्त्रालयको समेत बाँडफाँट भइसक्ने बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?