प्रधानमन्त्री दाहाल र काँग्रेस नेता पौडेलबीच भेटवार्ता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ५, २०७९
|
|
२८ पटक हेरिएको
Shares
प्रधानमन्त्री दाहाल र काँग्रेस नेता पौडेलबीच भेटवार्ता

सारांश

  • काठमाडौँ ।
  • सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ ।
  • नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न आज बिहान बालुवाटार पुग्नुभएको हो।

काठमाडौँ । सभामुखको निर्वाचनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र काँग्रेस नेता रामचन्द्र पौडेलबीच बालुवाटारमा भेटवार्ता भएको छ ।

नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेल प्रचण्डलाई भेट्न आज बिहान बालुवाटार पुग्नुभएको हो।

प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको पौडेलको सचिवालय स्रोतले दिएको जानकारी दिएको छ ।

प्रतिनिधिसभामा सभामुख चयनका लागि बैठक बस्नुभन्दा अघि प्रधानमन्त्री प्रचण्ड र काँग्रेस नेता पौडेलबीच भेटवार्ता भएको हो।

सभामुख निर्वाचनमा प्रधानमन्त्री प्रचण्डले सहयोग गर्ने काँग्रेसको अपेक्षा थियो । तर माओवादीको समर्थनमा एमालेले देवराज घिमिरेलाई सभामुखको उम्मेदवार उठाएपछि काँग्रेसले ईश्वरी न्यौपानेलाई उम्मेदवार बनाएको छ ।

आज काँग्रेसको पदाधिकारी बैठक चलिरहेका बेला प्रचण्डले काँग्रेस सभापति शेरबहादुर देउवालाई सभामुखको उम्मेदवारी दिँदा छलफल गर्ने बताउनुभएको थियो । तर प्रचण्डले फोन नगरेपछि काँग्रेसले आफ्नै उम्मेदवार उठाएको हो ।

बिहीबार बिहान ११ः०० बजे प्रतिनिधिसभा बैठक बस्दै छ।

बैठकले सभामुखका दुई उम्मेदवार घिमिरे र न्यौपानेमध्ये एकलाई सभामुख निर्वाचित गर्दैछ । गत २६ पुसमा काँग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको थियो। काँग्रेसले राष्ट्रपति पद आफूले लिनका लागि कुराकानी गर्दै आएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?