कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
कक्षा १२ को विज्ञान संकायको नतिजा सार्वजनिक, कति पास भए ?

सारांश

  • भक्तपुर ।
  • राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ ।
  • आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले गत वैशाख १० गतेदेखि सञ्चालन भएको कक्षा १२ को विज्ञान संकायको परीक्षा आज सार्वजनिक गरेको छ । आज बिहान बसेको बोर्ड बैठकपछि बोर्डले नतिजा सार्वजनिक गरेको हो ।

परीक्षामा नियमिततर्फ कूल ४४ हजार ८९७ परीक्षार्थी सहभागी भएकामा ३५ हजार ६६८ परीक्षार्थी अर्थात् ७९ दशमलव ४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो । परीक्षामा १७ जना परीक्षार्थीको नतिजा रद्ध भएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी आंशिकतर्फ नौ हजार ४८९ जना परीक्षार्थी सहभागी भएकामा चार हजार १३७ जना परीक्षार्थी अर्थात् ४३ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षामा तीनजना परीक्षार्थीको परीक्षा रद्ध भएको छ ।

अन्य विषयको नतिजा भने भदौ १५ गतेसम्ममा सार्वजनिक गर्ने प्रयास गरिएको बोर्डले जानकारी दिएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?