न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १५, २०७९
|
|
२३ पटक हेरिएको
Shares
न्युजिल्याण्डमा भीषण वर्षा, अकल्याण्डमा आपत्काल घोषणा

सारांश

  • वेलिंटन।
  • मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ।
  • पछिल्लो समयसम्म तीनजनाको मृत्यु भएको छ भने अर्का एकजना हराइरहेका छन्।

वेलिंटन। मुसलधारे वर्षासँगै बाढीको प्रकोप बढेपछि न्युजिल्याण्डको सबैभन्दा ठूलो शहर अकल्याण्डमा आपत्काल घोषणा गरिएको छ। पछिल्लो समयसम्म तीनजनाको मृत्यु भएको छ भने अर्का एकजना हराइरहेका छन्।

व्यापक वर्षाका कारण घरहरू जलमग्न भएका छन् भने यातायात सेवा ठप्प भएको छ। आवासीय क्षेत्र र व्यावसायिक प्रतिष्ठानमा शुक्रबार विद्युत आपूर्ति हुन सकेन।

यो वर्षको ग्रीष्मकालमा ७५ प्रतिशत वर्षा हुने अनुमान गरिएकामा शुक्रबार १५ घण्टासम्म अनवरत परेको पानीले जनजीवन कष्टकर पारेको छ। राष्ट्रिय जलवायु विज्ञान विभागले अकल्याण्डमा वर्षाको प्रभाव लामो समयसम्म रहने बताएको छ।

अकल्याडका विभिन्न भागमा अस्थायी आश्रयस्थल बनाइएका छन्। सुरक्षा बल अहोरात्र उद्धारमा खटेका छन्। स्थिति अझै सामान्य बनेको छैन। केही स्थानमा बाढीले अकल्पनीय विनाश गरेको छ।

प्रधानमन्त्री क्रिस हिप्किन्सले देशको सबैभन्दा ठूलो नगर अकल्याण्डमा धेरै क्षति भएको शनिबार पत्रकारहरूलाई जानकारी दिए। लामो समयको अन्तरालमा देशमा मुसलधारे वर्षा भएको बताउँदै उहाँले क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको जानकारी  दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?