३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
३० लाख चन्दा नदिएको भन्दै रुपन्देहीमा गोली प्रहार

सारांश

  • अाचार्य प्रदीप बुटवल ।
  • रुपन्देहीको मणिग्राममा शुक्रबार मध्याह्न गोली चलेको छ।
  • मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ।

अाचार्य प्रदीप बुटवल ।

रुपन्देहीको मणिग्राममा शुक्रबार मध्याह्न गोली चलेको छ। मणिग्राम स्थित श्रीसा मार्वलका सञ्चालक दुर्गालाल भण्डारीलाई लक्षित गरी गोली प्रहार भएको छ। तर मानवीय क्षति भने हुन पाएन। मोटरसाइकलमा आएका दुई जना पसलभित्रै पसेर गोली चलाएको बताइएको छ। हेलमेट लगाएर पसलमा पसेका उनीहरुले दुई राउण्ड गोली चलाएको स्थानीयले बताएका छन्।

गोली फायर गर्नसाथ उनीहरु भागेको प्रत्यक्षदर्शीले जनाएका छन्। मोटरसाइकलको नम्बर समेत पहिचान हुन सकेको छैन। घटनाको मनोज पुनले जिम्मा लिएका छन्। उनी बुटबल र आसपासका क्षेत्रमा अपराधिक गतिविधिमा संलग्न हुँदै आएका छन्। पुनले व्यापारी भण्डारीका छोरा दिपकलाई फोन गरेर आफ्नाे समुहले गोली चलाएको बताएका हुन्।

३० लाख चन्दा मागेको तर नदिएका कारण गोली चलाएको फोनमा पुनले बताएको दिपकले जानकारी दिए। पुनले थप आक्रमण गर्ने चेतावनी समेत दिएका छन्। पुनकै योजनामा यसअघि युवा संघ रुपन्देहीका अध्यक्षको गोली हानी हत्या भएको थियो। पुन प्रहरीको व्यापक खोजीको सूचीमा छन्। उनका अपराधिक गतिविधिले प्रहरी प्रशासन र स्थानीयहरुलाई त्रसित बनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?