भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २३, २०७९
|
|
५१ पटक हेरिएको
Shares
भैरहवामा सवारी दुर्घटना, एकको मृत्यु, दुई घाइते

सारांश

  • भैरहवा ।
  • यहाँ ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
  • सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

भैरहवा । यहाँ ट्रक, बस र कार एक–आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।

सडकमा बिग्रेर रोकिराखेको लु २ ख ६०६ नं को ट्रकमा ३ लु २ ख ६०३८ नं को बस र ग १ च ३७१३ नं को निजी कार ठोक्किँदा बसका चालक तनहुँ भीमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

आज बिहान भएको दुर्घटनामा बसका कर्मचारी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

घाइतेको भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । भैरहवामा लागेको बाक्लो हुस्सु र तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

भैरहवा तथा आसपासमा हुस्सुका कारण हुने दुर्घटनालाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीले संयुक्त रुपमा विभिन्न जनचेतनामूलक कार्यक्रम चलाएका छन् ।

जिल्ला ट्राफिक कार्यालय रुपन्देहीका प्रमुख साकारराज पन्तका अनुसार अभियान अनुसार ‘रिफ्लेक्टिङ स्टिकर’ टाँस गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
रुसको कडा प्रतिक्रिया ७ सय ५५ अमेरिकी कुटनीतिज्ञलाई मुलुक छाड्न राष्ट्रपति पुटिनको आदेश ।
Encontre Os Melhores E Mais Recentes Bônus De Cassino”
एकता कायम र विकासलाई तीव्रता- अध्यक्ष प्रचण्ड
एकता कायम र विकासलाई तीव्रता- अध्यक्ष प्रचण्ड
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
कस्ता बहाना बनाउछन् महिलाहरू याैनसम्बन्ध टार्न , के गर्ने त्यस्ताे बेला ?
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
तीन तहका सरकारबीच देखिएका अन्यौलता अब हट्नेछन् : प्रधानमन्त्री दाहाल
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
विप्लव नेतृत्वको नेकपाका चितवन इन्चार्जको घरमा पक्राउ पूर्जी
नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी
नेकपाको जिल्लामा एकीकरण शुरु, १३५ सदस्यीय कमिटी
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
सन्नी लियोनविरूद्ध छोरीको विषयमा मुद्दा दर्ता, जेल सजाय हुनसक्ने !
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
वामदेव झन आक्रोश – संविधान संशोधन गर्नुस्, दुवै प्रधानमन्त्री बन्नुस्
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक
वीरगन्जमा गठबन्धनका राजेशमान र आलम जित नजिक