भरतपुर महानगरपालिकाको मतगणना सुरु

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
भरतपुर महानगरपालिकाको मतगणना सुरु

सारांश

  • चितवन, साउन २०- भरतपुर महानगरपालिकामा जेठ १४ गते राती स्थगित भएको मतगणना सुरु हुँदैछ ।
  • शुक्रबार १९ नं.
  • वडामा पुनःमतदान भएपछि अहिले राती १० : ३० बजेदेखि मतगणना सुरु गर्न लागिएको हो ।

चितवन, साउन २०- भरतपुर महानगरपालिकामा जेठ १४ गते राती स्थगित भएको मतगणना सुरु हुँदैछ । शुक्रबार १९ नं. वडामा पुनःमतदान भएपछि अहिले राती १० : ३० बजेदेखि मतगणना सुरु गर्न लागिएको हो ।

सर्वदलीय बैठकको निर्णय अनुसार चारवटा टोली बनाएर मतगणना गरिनेछ । पहिले १९ नम्वर वडाको मत गन्ने र त्यसपछि २० नम्वर वडाको सुरु गर्ने   निर्णय भएको छ । ४ सय मत गनिसकेपछि सार्वजनिक गर्ने, मेयरका उम्मेदवारका एक एकजना तथा दलका तर्फबाट दुई दुईजना प्रतिनिधि राख्ने निर्णय पनि भएको छ ।

मतगणनास्थललाई तार जालीले घेरेर दलका प्रतिनिधिलाई जालीभन्दा बाहिरै राख्ने व्यवस्था मिलाइएको छ ।

भरतपुर महानगरपालिका–१९ मा भएको पुनः मतदानमा ७५ प्रतिशत मत खसेको छ । जम्मा ३७९७ मतदाता रहेको भरतपुर–१९ मा २८८७ मत खसेको हो ।
भरतपुर–२० को ३३०२ र भरतपुर–१९ को २८८७ मतसहित ६१७२ मत गन्न बाँकी छ । यसअघि एमालेका मेयर पदका उम्मेदवार देवी ज्ञवालीको ४०९८० र माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेणु दाहालेको ४०१९६ मत छ । देवी ज्ञवाली ७८४ मतले अघि हुनुहुन्छ ।

(editorialrm.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?