‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन ८, २०७९
|
|
३५ पटक हेरिएको
Shares
‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो

सारांश

  • काठमाडौँ ।
  • कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप आज नेपाल आइपुगेको छ ।
  • ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।

काठमाडौँ । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप आज नेपाल आइपुगेको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप कतार एयरवेजबाट आज बिहान आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार खोप आज पनि तीन लाख ४५ हजार छ सय मात्रा खोप आएको हो । यसअघि यही फागुन १ र फागुन ४ गते तीन लाख ४५ हजार छ सय मात्राका दरले नै खोप आएको थियो । गाभीले कोभ्याक्स सुविधामार्फत जर्मन सरकारले उपलब्ध गराएको फाइजरको ‘बाइभ्यालेन्ट’ खोप बुस्टर डोजका लागि मात्र प्रयोग गरिनेछ । नेपाललाई जर्मन सरकारले १५ लाख मात्रा खोप उपलब्ध गराउनेछ ।

आज खोप आएसँगै बुस्टर डोजका लागि १० लाख ३६ हजार आठ सय मात्रा खोप नेपाल आइसकेको छ । अब चार लाख ६३ हजार दुई मात्रा खोप आउन बाँकी छ । उक्त खोप फागुन ११ र १५ गतेमा पनि ल्याइने छ । छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले खोप माग गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ
टमाटरका १० फाइदाहरु के–के हुन् ? हेर्नुस्
टमाटरका १० फाइदाहरु के–के हुन् ? हेर्नुस्
सभामुख निर्वाचन आज, सापकाेटा निर्विराेध हुने पक्का
सभामुख निर्वाचन आज, सापकाेटा निर्विराेध हुने पक्का
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
साझा घोषणापत्र दोहोर्याएर पढ्न ओलीलाई बामदेवको सुझाव !
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैँक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ
निषेधाज्ञामा कुनै सामानको अभाव नहुने
निषेधाज्ञामा कुनै सामानको अभाव नहुने
हत्या गरिएको युवकको पहिचान भयो ।
हत्या गरिएको युवकको पहिचान भयो ।
‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’
‘संसारको कुनै तागतले नेकपालाई हराउन सक्दैन’
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
गठबन्धनबाट जसपालाई कुनै फाइदा भएको छैन, एक्लै लडेको भए बरु धेरै सिट जित्थ्योः राजकिशोर यादव
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !
फोरम लोकतान्त्रिकले छान्यो दुई मन्त्री, गच्छदारसँगै सपथ लिने !

तपाईंले छुटाउनुभयो कि?