सर्वाेच्चद्वारा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने रिठ दरपिठ
सारांश
- काठमाडौँ ।
- सर्वाेच्च अदालतमा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित पेस गरिएको रिट आज मंगलबार दरपिठ भएको छ ।
- अधिवक्ता राधिका खतिवडाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित हिजो सोमबार अदालतमा रिट पेस गरेकी थिइन् ।
काठमाडौँ । सर्वाेच्च अदालतमा महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने मागसहित पेस गरिएको रिट आज मंगलबार दरपिठ भएको छ ।
अधिवक्ता राधिका खतिवडाले राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपति पदमा महिला नै हुनुपर्ने मागसहित हिजो सोमबार अदालतमा रिट पेस गरेकी थिइन् । सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशपछि दरपिठ गरिएको स्रोतले जनाएको छ ।
यसअघि आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो ।
निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उनको उम्मेदवारी पनि कायम रहने बताएका थिए । उम्मेदवार यादवको उम्मेदवारीमा नेकपा एमाले र जनमत पार्टीबाट दाबी विरोध परेको थियो ।
प्रतिक्रिया