सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १३, २०७९
|
|
३२ पटक हेरिएको
Shares
सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने

सारांश

  • काठमाडौँ ।
  • सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ ।
  • सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो ।

काठमाडौँ । सत्ता गठबन्धनको बैठक मङ्गलबार बस्ने भएको छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मङ्गलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भएको भेटमा मङ्गलबार अपराह्न गठबन्धनको बैठक बोलाउने सहमति भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल हुनेछ । सत्तागठबन्धन आबद्ध दलहरु सहमतिमा पुग्न नसक्दा सरकार विस्तारमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद् विस्तार आजसम्म गरिने भनिए पनि दलहरुबीच सहमति हुनसकेको छैन । सत्ता गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत दल आबद्ध छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेसका सबै सांसदले दशैँ भत्ता फिर्ता गर्ने
काँग्रेसका सबै सांसदले दशैँ भत्ता फिर्ता गर्ने
चलायमान अर्थतन्त्रका सार्थक प्रयास
चलायमान अर्थतन्त्रका सार्थक प्रयास
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
स्वास्थ्य बीमा सुधारको अपनत्व लिइदिन मन्त्री पौडेलको पार्टीसँग आग्रह
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
ट्रम्पले आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउँदै
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)
सलमान खानको स्वयंवर ! यी दुई सुन्दरीमा कसलाई रोजे सलमानले ? (भिडियोसहित)
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम
चिनियाँ राष्ट्रपति आउने पक्का भएपछि हुन थाल्यो रातारात काम
दिनको ५ जना बाकसमा फर्कन्छन् विमानस्थलमा
दिनको ५ जना बाकसमा फर्कन्छन् विमानस्थलमा
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
कमल थापालाई उपप्रधान एवं गृहमन्त्री बनाउने, राप्रपालाई फकाउँदै देउवा , हिन्दु राज्यमा ‘सकारात्मक’
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
विकास र समृद्धिका लागि राजनीतिक शक्ति एक हुुनुपर्ने : अध्यक्ष प्रचण्ड
चितुवाको संख्या घट्दो, मुख्य कारण शिकार
चितुवाको संख्या घट्दो, मुख्य कारण शिकार

तपाईंले छुटाउनुभयो कि?