हेर्न नमिल्नेमा सन्दीप लामिछानेको मुद्दा
सारांश
- काठमाडौं ।
- नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेकाको मुद्दा आज हेर्न नमिल्नेमा परेको छ ।
- उनका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् ।
काठमाडौं । नाबालिकामाथि बलात्कारको आरोप लागेका सन्दीप लामिछानेकाको मुद्दा आज हेर्न नमिल्नेमा परेको छ ।
उनका कानून व्यवसायीहरुले काठमाडौं जिल्ला अदालतमा सोमबारका लागि पेशी तोकिएको मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका छन् ।
लामिछानेलाई थुनामा पठाउनुपर्छ भन्ने आदेश गरेका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा फेरि सोहीे मुद्दाको पेशी परेको भन्दै उनीहरुले मुद्दाको सुनुवाइ सार्न आग्रह गरेका हुन् ।
पहिले नै थुनछेक आदेश गरेर प्रतिवादीलाई थुनामा राख्नुपर्ने आदेश गरेका न्यायाधीशको इजलासमा मुद्दा परेकाले प्राविधिक रुपमा पनि मुद्दा मिल्दैन भनेर सन्दीप पक्षका कानून व्यवसायीले इजलासको ध्यानाकर्षण गराएका छन् ।
अदालतको स्रोतका अनुसार जवाफमा न्यायाधीश घिमिरेले लिखित निवेदन माग गरेका छन् । इजलासले २ बजेपछि मात्रै पालो आउनसक्ने भन्दै मुद्दाका दुवै पक्षलाई खाजापछि इजलासमा सम्पर्क गर्न भनेको थियो ।
१८ कात्तिक २०७९ मा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले थुनछेक बहसका क्रममा क्रिकेटर लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
उक्त आदेश उल्ट्याएको उच्च अदालतले लामिछानेलाई २० लाख धरौटीमा छाड्न र अनुमतिविना काठमाडौं बाहिर नजान आदेश दिएको थियो । सर्वोच्च अदालतले भने सन्दीप विदेश जान पाउने आदेश दिएको थियो ।
प्रतिक्रिया