आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र २२, २०७९
|
|
२१ पटक हेरिएको
Shares
आजदेखि लागू हुनेगरी हवाई भाडा समायोजन

सारांश

  • काठमाडौं।
  • नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ।
  • वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो।

काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै एयरलाइन्सको हवाई भाडा घटेको छ। वायुसेवा सञ्चालक संघले आजदेखि लागू हुने गरी हवाई भाडा समायोजन गरेको हो।

निगमले सोमबार हवाई इन्धनको प्रतिलिटर रु १० ले कटौती गरेको थियो। सोअनुसार काठमाडौँबाट धनगढीको उडानमा सबैभन्दा धेरै रु चार सय ४० भाडा घटेको छ। यसअघि यो रुटमा यात्रुले हवाई यात्राका लागि मात्र सात हजार पाँच सय १० तिर्नुपथ्र्यो भने अब सात हजार ७० भाडा कायम गरिएको छ।

काठमाडौँबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) को भाडा तीनसय ४५ घटेर अधिकतम भाडा रु पाँच हजार चार सय ९० कायम भएको छ। काठमाडौै-भद्रपुर रुटमा रु तीन सय, विराटनगरमा दुई सय ४०, जनकपुरका लागि रु एक सय ३०, पोखराका लागि एक सय ५५, भरतपुरका लागि एक सय १०, भैरहवाको दुई सय पाँच, नेपालगञ्जका लागि एक सय ८५ र सुर्खेतका लागि तीन सय ४५ हवाई भाडा घटेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?