अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र २५, २०७९
|
|
३२ पटक हेरिएको
Shares
अमिषाविरुद्ध अदालतद्वारा वारेन्ट जारी

सारांश

  • मुम्बई।
  • बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन्।
  • लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दै छिन्।

मुम्बई। बलिउड अभिनेत्री अमीषा पटेल आगामी फिल्म ‘गदर २’का कारण चर्चामा छिन्। लामो समयपछि उनी फिल्ममा कमव्याक गर्दै छिन्। यही बीच राँची सिभिल कोर्टले अभिनेत्रीविरुद्ध वारेन्ट जारी गरेको छ।

उनीमाथि चेक बाउन्स र धोखाधडीको आरोप छ। अदालतले बिहीबार अभिनेत्री र उनको बिजनेस पाटर्नरविरुद्ध वारेन्ट जारी गरेको हो। अदालतले पटक पटक तारीख दिए पनि अमिषा र उनको वकिल अदालत पुगेका छैनन्। अभिनेत्रीको यो रवैयामाथि कोर्टले दुःख व्यक्त गरेको छ।

अब मुद्दाको आगामी सुनुवाई अप्रिल १५ मा हुनेछ। यो मामलामा अभिनेत्रीमाथि अढाई करोड रुपैयाँ धोखाधडीको आरोप छ। राँची जिल्लाका हरमू निवासी अजयकुमार सिंहले अमिषा र उनका बिजनेस पाटर्नरविरुद्ध धोखाधडीको मुद्धा दर्ता गराएका थिए।

अजयका अनुसार अमीषाले फिल्म ‘देसी म्याजिक’ को अफर दिँदै अजयलाई फिल्ममा लगानी गर्न आग्रह गरेकी थिइन्। त्यसपछि अजयले अढाई करोड रुपैंयाँ अमीषाको खातामा पठाइदिएका थिए।

फिल्मको सुटिङ सन् २०१३ मा हुनुपर्ने थियो। तर सुटिङ भएन। त्यहीबेला अजयले अमिषालाई पैसा फिर्ता माग्दा अमीषा र उनको मेनेजरले फिल्मको काम पुरा गरेपछि व्याजसहित पैसा फिर्ता गर्ने आश्वासन दिएका थिए।

अमिषाले लामो समयसम्म पैसा नदिएपछि अक्टोबर २०१८ मा अजयलाई अढाई करोड र ५० लाखको दुई चेक दिएकी थिइन्। तर चेक बाउन्स भएपछि उनले अमिषाविरुद्ध उजुरी दिएका हुन्।

(Klonopin)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति
खेलकुद शिक्षालाई पूर्ण बनाउने खुला मैदान होः राष्ट्रपति
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
महामन्त्री थापा भन्छन् : जनताको विश्वास जित्दै पार्टीका उम्मेदवारलाई विजयी गराउनुपर्छ
भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
भोकभोकै विद्यालय जान्छन् चेपाङ बालबालिका
केदारनाथमा जुठो चिया, चोखो प्रेम(भिडियो सहित)
केदारनाथमा जुठो चिया, चोखो प्रेम(भिडियो सहित)
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्ट्राचार मुद्दा
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
प्रधानमन्त्री ओलीसँग क्रिकेट टोली, विश्वकप छनोटका लागि आज जिम्बावे जाँदै
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
कार्यकर्ता पक्राउ परेको भन्दै संसद वैठक अवरुद्ध
सिडियोले तोडाए कृषकको अनशन
सिडियोले तोडाए कृषकको अनशन
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव
प्रमाणीकरणसँगै नागरिकताको समस्या सधैँका लागि अन्त्य होस् : उपेन्द्र यादव

तपाईंले छुटाउनुभयो कि?