बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
२५ पटक हेरिएको
Shares
बालेन्द्र साहलाई सिंहदरवारको फोहोर उठाउन सर्वोच्चको आदेश

सारांश

  • काठमाडौं ।
  • आज सर्वोच्च अदालतले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर तीनदिनभित्र उठाउन आदेश दिएको छ ।
  • त्यहाँको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध परेको मुद्दामा न्यायाधीश प्रकाश मान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

काठमाडौं । आज सर्वोच्च अदालतले मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर तीनदिनभित्र उठाउन आदेश दिएको छ । त्यहाँको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहविरुद्ध परेको मुद्दामा न्यायाधीश प्रकाश मान सिंह राउतको एकल इजलासले सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको हो ।

न्यायाधीश राउतको इजलासले आफ्नो आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको सर्वोच्च अदालतले जनाएको छ । अधिवक्ता पदमबहादुर श्रेष्ठले गएको हप्ता दिएको रिटमा पहिलो सुनुवाइ गर्दै उक्त इजलासले यस्तो आदेश दिएको हो ।

अधिवक्ता श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर सङ्कलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर सङ्कलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर सङ्कलन र विसर्जन गर्नु पर्नेलगायतका मागसहित सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?