रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
२७ पटक हेरिएको
Shares
रबि लामिछानेले चितवन २ बाट मंसिरमा भन्दा बढी मत पाउने संकेत

सारांश

  • काठमाडौं ।
  • चितवन २ बाट सांसदका लागि उम्मेदवार बनेका रास्वपाका सभापति रबि लामिछानेले यो उपनिर्वाचनमा मंसिरमा भएको निर्वाचनमा भन्दा पनि धेरै मत पाउन सक्ने संकेत देखिएको छ ।
  • रबिले मंसिरमा भएको चुनाबमा आफू पछि परेका क्षेत्रबाट पनि भारी मत ल्याएका छन् ।

काठमाडौं । चितवन २ बाट सांसदका लागि उम्मेदवार बनेका रास्वपाका सभापति रबि लामिछानेले यो उपनिर्वाचनमा मंसिरमा भएको निर्वाचनमा भन्दा पनि धेरै मत पाउन सक्ने संकेत देखिएको छ ।

रबिले मंसिरमा भएको चुनाबमा आफू पछि परेका क्षेत्रबाट पनि भारी मत ल्याएका छन् । गएको मंसिरमा पनि रबि यही क्षेत्रबाट उम्मेदवार थिए र उनले देशमै सबैभन्दा धेरै मतान्तरले चुनाब जितेका थिए ।

मंसिरको चुनाबमा पनि गणनाको सुरुवात इच्छाकामना गाउँपालिकाबाट गरिएको थियो । इच्छाकामना गाउँपालिकाको गणनामा रबि दोस्रो भएका थिए । यहाँ एमाले पहिलो भएको थियो ।

तर यसपटक रबिले इच्छाकामना गाउँपालिकामै ठूलो अग्रता लिएका छन् । यो गाउँपालिकाको वडा नम्बर १ र ३ को गणना सकिँदा रबि लामिछानेले ११५५ मत पाएका छन् । एमालेका रामप्रसाद न्यौपानेको ६६५ मत छ । कांग्रेसका जितनारायण श्रेष्ठको ५८८ मत छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?