हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २१, २०८०
|
|
२२ पटक हेरिएको
Shares
हिमपहिरोमा बेपत्ता दुईको खोजी जारी

सारांश

  • काठमाडौं ।
  • दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।
  • दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए ।

काठमाडौं । दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित भोलुम डाँडामा हिमपहिरोमा परी बेपत्ता भएका डोटीका २८ वर्षीया ईश्वरी थापा र १५ वर्षीया क्षिमिसोमो थापाको खोजीमा आज पनि बिहानैदेखि सशस्त्र प्रहरीको टोली खटिएको छ ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले हिमपहिरोमा परी हराएकामध्ये तीन जनाको शव भेटिए पनि बाँकी दुई जनाको अवस्था अझै अज्ञात रहेको बताए ।

“बुधबार तीन वटा शव भेटिएको क्षेत्रतिर बिहानदेखि असईको नेतृत्वमा प्रहरी टोली परिचालन भएको छ”, उनले भने, “यहाँ रहेका तीन वटा शव आजै परीक्षणका लागि सदरमुकाम खलङ्गा लैजाने विषयमा समन्वय भएको छ ।”

हाल हिमपहिरोमा बेपत्ता ईश्वरी र क्षिमीसोमो नाताले फुपू–भदै हुन् । उनीहरु एक साताअघि मात्रै यार्सागुम्बा सङ्कलनका लागि छाङरु पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।

बुधबार सुरक्षाकर्मीको टोलीले दार्चुला दुहँ गाउँपालिका(४ का ३६ वर्षीया कमला कुँवर, उनका छोरा १८ वर्षीय प्रवीण कुँवर र डोटीको बुडरका ४५ वर्षीय नक्कीडोमा थापाको शव भेट्याएको थियो ।

यसअघि सशस्त्र प्रहरीको टोलीले यार्सागुम्बा टिप्न गएका सात जनाको उद्धार गरेको थियो । “आज पनि खोजीमा टोली खटिए पनि मौसम अनुकूल भइसकेको छैन”, भट्टले भने, “घटनापछि यार्सा सङ्कलक सुरक्षित स्थानतर्फ झरेका छन् ।” यहाँ रहेका वर्ष दार्चुलालगायतका जिल्लाबाट यार्सा सङ्कलनका लागि आउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
आइतबार राति ‘मृघशिरा’ उल्का वर्षा
प्रचण्डको त्यो एक कल फोन, जसलार्इ मिल्दैछ यस्तो राहत
प्रचण्डको त्यो एक कल फोन, जसलार्इ मिल्दैछ यस्तो राहत
Mostbet Mobil Dasturi Ilovasi Android Ios Apk Yuklash Yuklab Olish Skachat Мобильный Софт Tarjima Kinolar 2023 Media Olam, Tarjima Kinolar 2023, Uzbek Tilida Kinolar, Premyeralar 2019-2021-2022-2023, Фильмы, Сериалы, Ozbekcha Tarjima 2023, Ozbek Tilida, Uzbek Tilida, Tas-ix Фильмы, Сериалы, Игры, Клипы, Софт, 2021-yil, Музыка, Onlayn Tv, On The Internet Tv Tas-ix, Tas-ix Filmlar, Программы, O`zbekcha Tarjima, Tas-ix, Besplatno, O`zbek Tilida, Uzbek Tilida, Tas-ix 2020, 2021, 2
बैंकको ढिलासुस्तीले उखु  किसानले समयमै पाएनन् भुक्तानी
बैंकको ढिलासुस्तीले उखु किसानले समयमै पाएनन् भुक्तानी
Zimbabwe’s President Mugbae finally Sacked
Zimbabwe’s President Mugbae finally Sacked
‘फाटेको जुत्ता’ युनिट ले नयां जुत्ता दियाे।
‘फाटेको जुत्ता’ युनिट ले नयां जुत्ता दियाे।
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
माछापुच्छ्रे बैंकको २ नयाँ शाखा विस्तार
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
प्रधानमन्त्री ओलीले नयाँ वर्षको यस्तो दिए शुभकामना
आज गरुपूर्णिमा, कस्तो छ  तपाईंको राशिफल?
आज गरुपूर्णिमा, कस्तो छ तपाईंको राशिफल?
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)
नक्कली भुटानी शरणार्थी प्रकरण : यस्तो छ उच्च अदालतको आदेश (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?