गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण २६, २०७४
|
|
४९ पटक हेरिएको
Shares
गुरुङ भाषाको पाठ्यक्रम बनाउँदै गोरखावासी

सारांश

  • गोरखा, २६ साउन ।
  • उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।
  • सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताउनुभयो ।

गोरखा, २६ साउन । उत्तरी गोरखाको साविकका १४ गाविसका २२ गाउँमा बोलीचालीमा रहेको गुरुङ भाषा विद्यालयमा पठनपाठन गर्ने तयारीसहित पाठ्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढेको छ ।

सदरमुकाममा हालै भएको भाषा गोष्ठीले आउँदो शैक्षिक सत्रदेखि लागू गर्ने गरी भाषा पाठ्यक्रम बनाउने तयारी गरेको धार्चे गाउँपालिका प्रमुख सन्तोष गुरुङले बताउनुभयो ।

बोलीचालीको गुरुङ भाषाका शब्द संकलन गरिसकिएको छ । एउटै शब्दलाई टोलपिच्छे फरकफरक शब्दले बोलिने भएकाले सबै शब्द संकलन गरिएका हुन् । गुरुङ भाषा पाठ्यक्रम तयार गर्न ११ सदस्यीय समिति गठन भएको छ । समितिका संयोजक दिलबहादुर गुरुङका अनुसार पाठ्यपुस्तकको खेस्रा तयार भइसकेको छ ।

“आउँदो शैक्षिक सत्रमा कक्षा १, अर्को वर्ष कक्षा २ गर्दै माध्यमिक तहसम्म गुरुङ भाषाबाट पठनपाठनको व्यवस्था मिलाउँछौँ” गुरुङले भन्नुभयो । बारपाक, लाप्राक, उहिया, गुम्दा, लापु, सिर्दिबास, स्वाँरा र सौरपानी, घ्याच्चोक, केरौंजा गाउँका गुरुङ समुदाय गुरुङ भाषाको पाठ्यपुस्तक बनाउन जुटेका छन् ।

स्थानीय भाषामा पाठ्यक्रम तयार गरी पठनपाठन गर्न संविधानले नै अधिकार दिएको छ । उत्तरी गोरखामा बोलिने भाषालाई घले समुदायले आफ्नो घले भाषाको संज्ञा दिने र गुरुङ समुदायले गुरुङ भाषाको संज्ञा दिने गर्छन् ।

उत्तरी गोरखामा बोलिने तमु भाषा भनिनुपर्ने घले समुदाय बताउँछन् । उत्तरी गोरखा तमु समाजले पाठ्यक्रम निर्माणको अगुवाइ गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
उत्तर कोरियाको ७०औं वार्षिकोत्सव, परेडमा क्षेप्यास्त्र देखाइन
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
चिनियाँ उद्योगहरु खुले पनि अमेरिकाको चेतावनीले अर्थव्यवस्था प्रभावित
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
खस्किएको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयत्नमा अर्थमन्त्री
खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय
खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय
२० वर्ष पछि अाएकाे रजत !
२० वर्ष पछि अाएकाे रजत !
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
रासायनिक मल आपूर्तिमा सरकारको फड्को: २८ अर्बको बजेटबाट ९४ प्रतिशत लक्ष्य हासिल
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
राष्टिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुझायाे अापुर्ति मन्त्रीलाई ज्ञापनपत्र
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश  गर्‍यो
माओवादीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाका लागि उम्मेदवार सिफारिश गर्‍यो
सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर
सरोज खनाल र दीपाश्रीको फेसबुक ह्याक, पैसा माग्दै ह्याकर