प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख २५, २०८०
|
|
१८ पटक हेरिएको
Shares
प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य

सारांश

  • काठमाडौँ ।
  • नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
  • आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको हो ।

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ३५० तोकिएको छ ।

यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?