प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
सारांश
- काठमाडौँ ।
- नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
- आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको हो ।
काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ३०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको जानकारी दिएको छ ।
आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ९०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य १ लाख १० हजार ३५० तोकिएको छ ।
यसैगरी,आज चाँदीको मूल्य तोलामा १४ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य भने स्थिर रहेको हो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया