अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख २७, २०८०
|
|
३३ पटक हेरिएको
Shares
अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट

सारांश

  • काठमाडौँ ।
  • राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गरेका छन् ।
  • सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श भयो ।

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गरेका छन् ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श भयो ।

सो अवसरमा दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरिएकामा धन्यवाद ज्ञापन गर्दै सवारी साधन उत्पादन गर्न र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न आग्रह अध्यक्ष तिमिल्सिनाले गरे । धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकामा धन्यवाद ज्ञापन गर्दै उनले नेपाल एयरलायन्सको कोरिया उडानका लागि पहल गरिदिन पनि जोड दिए ।

अध्यक्ष तिमिल्सिनाले उनलाई गणतन्त्र कोरियाको राजदूतका रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन भूमिका निर्वाह गरेकामा धन्यवाद पनि दिए ।

त्यस अवसरमा राजदूत सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योग नेपालमा आउन सक्ने बताए । उनले दुवै देशबीच भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्दै दुवै देशबीचमा सम्बन्ध प्रगाढ बनाउन अध्यक्ष तिमिल्सिनाले गरेका पहलका लागि आभार व्यक्त गरे । उनी नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्केका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?