गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख २८, २०८०
|
|
१७ पटक हेरिएको
Shares
गृह प्रशासन र सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराइने

सारांश

  • काठमाडौं ।
  • उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन् ।
  • पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरे ।

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन् ।

पतञ्जलि योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरीबलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जीउन प्रेरित गर्ने उल्लेख गरे ।

उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालयअन्तर्गत् गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइने समेत बताए ।

उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रुपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउनाका आ–आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन योगदान पु्र्याउने बताए ।

कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी महानिरीक्षक बसन्त कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकको सहभागिता थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
प्रधानमन्त्रीको प्रश्न, ‘बालुवाटार अहिलेको सरकारले मासेको हो र ?’
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
सरकार सञ्चालकहरु “नचिनेका विष्ट” होइनन्, यो बादलले पानी पार्लाजस्तो छैन : चित्रबहादुर केसी
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
साङ्लोले बाँधेर राखिएका युवकको उद्धार
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
नयाँ खिम्ती सवस्टेसनको क्षमता वृद्धि, अब विद्युत् खेर नजाने
सुर्खेत प्रहरीद्वारा चिनी बरामद
सुर्खेत प्रहरीद्वारा चिनी बरामद
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
बाबुछोरा हत्या प्रकरणः निराशा र असफलताले निम्त्याएको एउटा दुःखद् घटना
उपत्यकामा आज ७६७ जना कोरोना संक्रमित
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) ले स्थानीय तहसँग सहकार्य
अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ उन
अमेरिकासँग कुनै पनि सैनिक संघर्षका लागि उत्तर कोरिया पूर्ण रुपमा तयार : किम जोङ उन
चोरी गर्न भारतदेखि नेपाल सम्म्
चोरी गर्न भारतदेखि नेपाल सम्म्

तपाईंले छुटाउनुभयो कि?