अर्घाखाँचीमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालय बन्दै
सारांश
- अर्घाखाँची ।
- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.
- १ मा सुस्त मनोस्थिति बिद्यालयको निर्माण गरिने भएको छ ।
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न.१ मा सुस्त मनोस्थिति बिद्यालयको निर्माण गरिने भएको छ । उक्त बिद्यालयको एक समारोहबीच सिल्यान्यास समेत गरिएको स्रोतले जानकारी दिएको छ ।
स्रोतका अनुसार बिद्यालयको सिल्यान्यास हिन्दु परम्परा अनुसार सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले गरेका हुन् भने कार्यक्रममा उपप्रमुख मिश्रा आचार्य प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसाल वार्ड नम्बर १ का अध्यक्ष माधब श्रेष्ठ वार्ड नम्बर ५ का अध्यक्ष ऋषब अधिकारी वार्ड नम्बर ९ का अध्यक्ष पदम भुसाल तथा सुस्त मनोस्थिति बिद्यालयका प्रधानध्यापक कमला भुसाल र नगरपालिकाका ईन्जिनियर हरि बोहरा, नगरपालिकाका अधिकृत, वडा सदस्यलगायत अन्यको उपस्थितीमा रहेको थियो ।
बिद्यालयकी प्रधानध्यापक कमला भुसालले हाल बौद्विक अपाङ्गता भएका २१ जना बालबालिकाहरुलाई अभिभावकको अभिभारा लिएर उनीहरुको पठन पाठन र हेरचाह गर्दै आएकी छिन् । उनले बिगत २० बर्ष देखि बौद्विक अपाङ्गता रहेका अर्घाखाँचीका बालबालिकाहरुलाई व्याबहारिक सिप तथा ज्ञान प्रदान गर्दै आएकी छिन् ।
सुस्त मनोस्थिति बिद्यालयकी प्रधानध्यापक कमला भुसाल भन्छिन्ः“२० बर्ष अघि देखि आफ्नो जीवनमा बौद्विक अपाङ्गता भएका बालबालिकाहरुको लागि हरेक चुनौती र संघर्षहरु लाई पार गर्दै आज सन्धिखर्कमा डेड करोडको लागतमा सुस्त मनोस्थिति बिद्यालयको शिल्यानास भएको देख्दा अत्यन्तै खुशि छु ।”
यो आफ्नो जिन्दगीको महत्वपूर्ण क्षण र उपलव्धि भएको उनले बताइन् ।
प्रतिक्रिया