शीर्ष नेताहरु छलफलमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ १३, २०८०
|
|
३६ पटक हेरिएको
Shares
शीर्ष नेताहरु छलफलमा

सारांश

  • काठमाडौँ ।
  • प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन् ।
  • सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

काठमाडौँ । प्रमुख तीन ठूला पार्टीका शीर्ष नेताहरु सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफलमा जुटेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बिहान भएको छलफलमा सदनलाई सञ्चालन गर्ने विषयमा कुराकानी भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

छलफलमा प्रधानमन्त्री दाहाल, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, कांग्रेसका प्रमुख सचेतक रमेश लेखक र एमालेका प्रमुख सचेतक पदम गिरी सहभागी छन् ।

सत्तापक्ष र प्रतिपक्षबीच असमझदारी हुँदा संसद् बैठक प्रभावित भएको छ । हिजोका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी एमालेका अवरोधका कारण नियमित कारबाहीमा प्रवेश गर्न नसक्दा बैठक प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वायुसेवा निगमले कर्णालीमा अनलाईन टिकट दिन सुरु गर्यो
वायुसेवा निगमले कर्णालीमा अनलाईन टिकट दिन सुरु गर्यो
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्
बेलाइतीघारीका यी बालक जो अम्बा बेचेर पढाई खर्च पुर्‍याउँछन्
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
निर्मला प्रकरणमा नयाँ खुलासा, प्रदीप पनि नक्कली हत्यारा !
कांग्रेसले पनि थाल्यो बृहत लोकतान्त्रिक गठबन्धनको तयारी ,
कांग्रेसले पनि थाल्यो बृहत लोकतान्त्रिक गठबन्धनको तयारी ,
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
बढ्दैछ शल्यक्रिया–बाध्यता कि रहर
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !
भूकम्प र सुनामीमा परी ज्यान गुमाउनेकाे सङ्ख्या १४ सय !
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा
नेकपा कार्यदलका सदस्यहरु प्रधानमन्त्री ओलीसँग छलफल गर्न बालुवाटारमा